गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीवार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्नेबारे जिज्ञासा राख्नुभएको र आफूले जानकारी गराएको बताउनु भयो ।






