• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

निर्वाचनमा काँग्रेस–एमालेसँग मिल्ने कुरा पार्टीपंक्ति र जनताले मन पराएका छैनन्ः अग्नि सापकोटा

नीतिप्रेस by नीतिप्रेस
January 9, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले रुचाएको नदेखिएको बताउनुभएको छ ।
बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भएपनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताउनुभएको हो । उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रश्ताव पार्टीले अघि सारेको भएपनि काँग्रेस एमाले त्यसका लागि तयार नभएको पनि बताउनु भयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनैपनि दलसँग सहकार्य नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिएपनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताउनु भयो । पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, राष्ट्रिय सभा सदस्यमा काँग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पँक्ती र आम जनताले पनि त्यति मन पराइरहेका छैनन् । मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरु आइ नै रहेका थिए । तर पनि राजनीतिक पार्टीहरुसँग हुने सहकार्यको विषय स्वभाविक पनि हुन्छ । फेरी यो राष्ट्रिय सभाको निर्वाचन भनेको आम निर्वाचनजस्तो होइन । प्रतिनिधिहरुले चुन्ने निर्वाचन भएको हुनाले यो अरु निर्वाचन जस्तो होइन । मतभारको आधारमा सिट बाँडफाँड हुन्छ भने गरौँ भनेर हामीले भनेको हो । तर त्यहाँ समानता र निष्पक्षताको भाव देखिएन पनि । एक त हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहान्छौँ । र प्रत्यक्ष निर्वाचन नभएको हुनाले समझदारी गर्ने भए गरौँ भनेको हो तर उनीहरुमा मिल्ने छाँट देखिएन । हामी अगामी आम निर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ ।’
विगतमा अन्य राजनीतिक दलहरुसँग गठबन्धन गर्न आफूहरुको पहचिान स्थापित हुन नसकेको उहाँको स्वीकारोक्ति छ । उहाँले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेण्डाहरु समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गर्नुभयो । उहाँले भर्खरै एकतामा गएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गर्नुभयो । राजनीतिक दलहरुमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण पछिल्ला मुलुक यो संकटको अवस्थामा पुगेको पनि उहाँको जिकिर छ । सापकोटाले महाधिवेशनको विषयलाई लिएर नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्विक असर नपार्ने बताउनु भयो । यद्यपि पार्टी विभाजन हुनुभन्दा एकतावद्ध हुनु पार्टीका लागि लागि हितकर हुने भन्दै विभाजिततर्फ नजान आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, नेपाली काँग्रेसको आन्तरिक कुरा हो अब त्यो करी जान्छ उनीहरुमै भर पर्ने कुरा पनि भयो । तर पार्टी फ्ट्नुभन्दा एकतावद्ध हुनु नै राम्रो हो । चाहे जुनसुकै पार्टी भएपनि फुट र विभाजन हुनुभन्दा एकतावद्ध हुनु नै राम्रो हो । मलाई जहाँसम्म लाग्न काँग्रेस नेताहरुले कुनै न कुनै उपाय खोजेर एकतावद्ध हुन्छन् होला । अब काँग्रेसको आन्तरिक मामिलाले हामीलाई त्यस्तो तात्विक अन्तर पर्दैन ।
नेता सापकोटाले सर्वोच्च अदालतले विचाराधिन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । यद्यपि निर्वाचनले मात्रै अहिलेको राजनीतिक संकलाई निकाश दिनसक्ने उहाँको भनाइ छ ।

Previous Post

सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति, निजी प्रतिष्ठानको क्षति २७ अर्ब ४९ करोड

Next Post

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग छलफल

Next Post

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन