• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ

नीतिप्रेस by नीतिप्रेस
January 13, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेस संस्थापन पक्षका नेताहरुको छलफलले काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ ।
सोमवार पार्टी सभपति देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेताहरुले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र देखिएको विवाद समाधानको सूत्र कार्यसम्पादन समितिको निर्णय नै भएको उल्लेख गर्दै पार्टी सोहीअनुसार अघि बढ्ने बताउनुभयो । उहाँले हाल गरिएका कुनै पनि भेला र कार्यक्रमको औचित्य कार्यसम्पादन समितिले नदेखेको उहाँको जिकिर छ ।
उहाँले भन्नुभयो, अहिले पार्टीभित्र देखिएको विवादको समाधानको शुत्र कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय जुन छ त्यही हो । केन्द्रीय कार्यसम्पादन समितिले अहिले गरिएका कुनैपनि भेला र कार्यक्रमको औचित्य देखेको छैन ।
नेता ज्ञानेन्द्र कार्कीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्षबाट सहमति, संवाद र एकताको ढोका सधैं खुला रहेको बताउनुभयो । उहाँले पार्टीलाई एकजुट बनाएर मुलुकलाई स्थिरता दिन र वर्तमान संकटबाट नागरिकलाई मुक्त गराउन काँग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि मात्र पार्टी महाधिवेशन गर्ने निर्णयअनुसार नै पार्टी अघि बढ्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको अहिले सान्दर्भिकता छैन र मुलुकलाई स्थीरता दिने निर्वाचनले भएको हुनाले त्यसपछि मात्रै पार्टीको नियमित महाधिवेशन गर्ने भनेर पास भइसकेको हुनाले पार्टी सोहीअनुसार अगाडि बढ्छ । र सहमति, संवाद र एकताको ढोका सधैं हाम्रो तर्फबाट खुला छ । पार्टीलाई एकजुट बनाएर लिएर गएर देशलाई अहिलेको संकटबाट मुक्त नागरिकलाई मुक्त गराउन नेपाली काँग्रेस एकजुट भएर अगाडि बढ्नुपर्छ ।
नेता श्यामकुमार घिमिरेले महामन्त्रीहरूले चालेका कदमले पार्टीभित्र सकारात्मक सन्देश दिन नसकेको बताउनुभयो । उहाँले पार्टीको जिम्मेवार पदमा बसेर महामन्त्रीद्धयले पार्टीलाई फुट र विभाजनतर्फ धकेल्नुहुन्न भन्ने कुरामा आश्वस्त रहेको बताउनुभयो । उहाँले अगामी वैशाखमा हुने पार्टीको नियमित महाधिवेशनमा प्रतिस्पर्धा गर्नका लागि तयारी गर्न समेत महामन्त्रीद्धयलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, महामन्त्रीहरुले जे गर्नुभयो यसले पार्टीभित्र राम्रो गरेन । तर मलाई अहिले पनि विश्वास के छ भन्दाखेरी उहाँहरु जिम्मेवार हुनुहुन्छ । महामन्त्रीको पदमा हुुनुहुन्छ । पार्टीमा राम्रो छवि बनाएको लोकप्रिय नेता समेत भएको हुनाले उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न भन्ने विश्वास छ । बैशाखमा महाधिवेशन हुदैछ । महाधिवेशनमै चुनाव लड्दा भैहाल्छ त्यसको लागि उहाँहरुले तयारी गर्नुहोला । पार्टी फुटाउने काम उहाँहरुले गर्नुहुन्न भन्ने कुरामा म अहिलेसम्म आश्वस्त छु ।
संस्थापनको विरोधकाबीच पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विषेश महाधिवेशन जारी छ । उक्त महाधिवेशनले पार्टीको नीति र नेतृत्व बदल्ने बताइएको छ ।

Previous Post

हिमाली पर्यटन अबको गन्तव्यः दिगो र जिम्मवार पर्यटन

Next Post

पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याऔँः डा.सुनिल शर्मा

Next Post

पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याऔँः डा.सुनिल शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन