Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आयोगको निर्णयविरुद्ध देउवा पक्षिय नेताहरु आईतवार सर्वोच्च जाने

नीतिप्रेस by नीतिप्रेस
January 17, 2026
in समाचार
0
आयोगको निर्णयविरुद्ध देउवा पक्षिय नेताहरु आईतवार सर्वोच्च जाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका शेरबहादुर देउवा पक्षिय नेताहरु निर्वाचन आयोगको निर्णयको विरुद्धमा आईतवार सर्वोच्च अदालत जाने भएका छन् ।
निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरु सर्वोच्च जाने भएको हो । शनिवार देउवा पक्षका नेताहरुको पार्टी केन्द्रिय कार्यलयमा बसेको बैठकले आयोगले गरेको निर्णय विरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले आयोगको निर्णय विरुद्ध आईतवार सर्वोच्च अदालतमा रिट निवेदन दिने बताउनु भयो । उहाँले आयोगले आफूहरुको कुरा समेत नसुनीकन एकपक्षिय ढंगले निर्णय गरेको आरोप लगाउनु भयो । विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत आयोगले नहेरिकन दुषित मनसायले आयोगले निर्णय गरेको उहाँको दाबी छ । काँग्रेसलाई क्षति पु¥याउनेगरी आयोगले निर्णय आफूहरुलाई अमान्य भएको उहाँले बताउनु भयो । उहाँले कांग्रेसको विधान र निर्वाचन सम्बन्धी कानूनलाई पनि ख्याल नगरेर आयोगले अन्यायपूर्ण दुषित मनशायबाट निर्णय गरेको उल्लेख गर्नुभयो । यसको विरुद्ध अदालत जाने र अदातलले आफूहरुलाई न्याय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तथाकथित विशेष महाधिशेनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनशायले प्ररित रहेको यो बैठक ठहर गर्दछ । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत रुपमा निर्वाचित केन्द्रिय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली काँग्रेसलाई गम्भिर क्षति पु¥याउने मनशाय प्रष्ट देखिन्छ । यो निर्णय मुलकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनमा पार्ने षडयन्त्रको एक अंश हो । निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गर्दछ । भोली हामी यसको विरुद्धमा सर्वोच्च अदालतमा जान्छौँ । निर्वाचन आयोगले हामीलाई बोलाउँदा पनि नबोलाईकन, हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि उहाँहरुले पूरा गर्नुभएन । यो नजिर हाम्रो विधान, हाम्रो निर्वाचन सम्बन्धी जुन व्यवस्था छ, यो कुनैपनि पालना निर्वाचन आयोगले नगरेको ठहर्छ । यो अन्यायपूर्ण दुषित मनशायबाट गरिएको निर्णय भएको हुनाले सर्वोच्च अदालत नै हाम्रो अन्तिम सुनुवाई गर्ने ठाउँ हो । त्यसो भएको हुनाले सर्वोच्च अदालतमा हामी हाम्रो मुद्दा पेश गर्छौं र यसको विरुद्धमा जान्छौँ ।
उहाँले नेपाली काँग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचिन सभापति शेरबहादुर देउवा र आफूहरुसँगै रहेको पनि दाबी गर्नुभयो । आयोगको निर्णयलाई अदालतले सच्याउने उहाँको दाबी छ ।

Previous Post

निर्वाचनको मिति तलमाथि हुँदैनः सरकारका प्रवक्ता खरेल

Next Post

देशलाई गर्व गर्ने विश्वकप बनाउँछौं नेपाली टोली

Next Post
देशलाई गर्व गर्ने विश्वकप बनाउँछौं नेपाली टोली

देशलाई गर्व गर्ने विश्वकप बनाउँछौं नेपाली टोली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन