चीनले सोमवार दक्षिणको टापु प्रान्त हाइनानबाट लङ मार्च १२ क्यारियर रकेट प्रक्षेपण गरी इन्टरनेट उपग्रहहरूको एउटा समूहलाई अन्तरिक्षमा पठाएको छ । यो रकेट दिउँसो ३ः४८ बजे हाइनान व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थलबाट उडेको थियो । १९ औँ समूहका यी न्यून कक्षीय इन्टरनेट उपग्रहहरू सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेका छन् ।






