• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जनज्योति माविका भूपू विद्यार्थीहरुको वृहत पुनर्मिलन कार्यक्रमको तयारी तीव्रपोखरा

नीतिप्रेस by नीतिप्रेस
January 28, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका २८ कालिकामा वि.सं. २०१६ सालमा स्थापना भएको श्री जनज्योति माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको वृहत भेला तथा पुनर्मिलन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
जनज्योति मावि भूपू विद्यार्थी मञ्च पोखरा–२८, कालिकाको आयोजनामा यही माघ २४ गते शनिबार पोखरा–२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजना हुन लागेको भूपू विद्यार्थीहरूको बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रमको बारेमा जानकारी दिदै जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीले सबै पुस्ताका विद्यार्थीलाई एउटै सूत्रमा बाँध्ने, भावनात्मक सम्बन्ध पुनः जोड्ने र संस्थागत रूपमा संगठित हुने यो एउटा ऐतिहासिक अवसर रहेको बताए । भूपू विद्यार्थीहरूको यो भेला केवल भेटघाटमा सीमित नरही विद्यालयको भविष्यसँग जोडिने एउटा सशक्त पहल बन्ने विश्वास रहेको र पुस्तौँपुस्ताको सम्झना, अनुभव र योगदानलाई एउटै मञ्चमा जोड्दै जनज्योति स्कुलको महत्व र गरिमा अझ उचो बनाउने अपेक्षासहित कार्यक्रम आयोजना हुन लागेको संयोजक त्रिपाठीले बताए ।
कार्यक्रमलाई सफल बनाउन जनज्योति मावि भूपू विद्यार्थी मञ्चका सह सयोजक श्याम प्रसाद तिमल्सेनाको संयोजकत्वमा राजेन्द्र अधिकारी,वालकृष्ण त्रिपाठी,शुक्रराज अधिकारी,मनोहरि पौडेल,सागर अधिकारी रहेको छ सदस्यीय आर्थिक तथा रजिस्ट्रेसन उप–समिति समेत गठन गरिएको छ ।
मञ्चका सचिव गुरु प्रसाद त्रिपाठीले विद्यालय स्थापनादेखि हालसम्म यहाँ अध्ययन गरेका विद्यार्थीहरूबीच आपसी सद्भाव, भाइचारा र परिचय विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउदै लामो समयपछि एउटै थलोमा भेला भएर पुराना सम्झना ताजा गर्ने, जीवनका अनुभव साटासाट गर्ने र विद्यालयप्रतिको अपनत्व अझ सुदृढ बनाउन कार्यक्रमको मूल अभिप्राय रहेको बताए ।
मञ्चका सह सयोजक श्याम प्रसाद तिमल्सेनाका अनुसार हालसम्म जनज्योतिमा अध्ययन गरेका सबै भूपू विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन पत्राचार तथा सूचना प्रवाह गरिएको तथा सामाजिक सञ्जाल, प्रत्यक्ष सम्पर्क र अन्य माध्यममार्फत सूचना पु¥याउने काम भइरहेको बताउदै कार्यक्रममा सांस्कृतिक प्रस्तुति, आपसी परिचय, स्मरणीय क्षणको साझा र आगामी योजनाबारे छलफल समेत हुने बताए ।
कार्यक्रममार्फत यसअघि जनज्योति माविलाई आफ्नो शैक्षिक थलो बनाएका र हाल देश–विदेशका विभिन्न स्थानमा रहेर अध्ययन, व्यवसाय, सेवा तथा अन्य पेशामा संलग्न भूपू विद्यार्थीहरूको बृहत् सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । आगामी दिनमा भूपू विद्यार्थीहरूबीच नियमित सम्पर्क, सहयोग र सहकार्य कायम गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा थप टेवा पु¥याउने दीर्घकालीन उद्देश्य समेत मञ्चले अघि सारेको छ ।
वि.सं. २०१६ सालमा स्थापना भएको जनज्योति माध्यमिक विद्यालय २०२६ सालदेखि एसएलसी परीक्षामा समावेश हुँदै आएको छ । दशकौँ लामो शैक्षिक यात्रामा यस विद्यालयबाट अध्ययन गरेका हजारौँ विद्यार्थी आज देशका विभिन्न क्षेत्रमा स्थापित र सफल व्यक्तित्वका रूपमा परिचित छन् । विद्यालयमा भर्ना भई बीचमै अध्ययन छोडेका विद्यार्थीहरू समेत गरी करिब दुई हजार भूपू विद्यार्थी तथा तीन पुस्ताका एक हजारभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागी हुने आयोजकको अपेक्षा छ ।
माछापुच्छ्रे हिमालको सम्मुखमा अवस्थित जनज्योति माध्यमिक विद्यालय प्राकृतिक सौन्दर्यसँगै शैक्षिक गरिमाका कारण कास्की जिल्लाकै विशिष्ट विद्यालयका रूपमा चिनिन्छ । ग्रामीण परिवेशमा स्थापना भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको स्थानीयको भनाइ छ । अनुशासन, मेहनत र सामाजिक मूल्यमा आधारित शिक्षाले यहाँका विद्यार्थीलाई सक्षम नागरिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

Previous Post

विद्यार्थीलाई लायन्स फेवा फुलवारीको सहयोग

Next Post

पोखरा-२७ मा रहेको त्रिवेणी पब्लिक मावि द्वारा पूर्व विद्यार्थी सम्मान

Next Post

पोखरा-२७ मा रहेको त्रिवेणी पब्लिक मावि द्वारा पूर्व विद्यार्थी सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन