• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्की, तनहुँ लगायत राजमार्ग क्षेत्रमा चैत महिनामा ४४ सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ

नीतिप्रेस by नीतिप्रेस
April 21, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्की, तनहुँ लगायत राजमार्ग क्षेत्रमा चैत महिनामा ४४ सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको विवरण अनुसार दुर्घटनामा ५० जना घाइते भएका छन् भने ५५ सवारी साधन संलग्न छन् ।

कार्यालयका अनुसार मृत्यु हुनेमध्ये १८ पुरुष, ४ महिला र २ बालक छन् । घाइतेमध्ये २७ पुरुष, १५ महिला, ५ बालक र ३ बालिका छन् । घाइतेमध्ये ४० जनाको अवस्था गम्भीर र १० जनाको सामान्य रहेको उल्लेख छ । दुर्घटनापछि प्रहरीले ४४ जनाको उद्धार गरेको जनाएको छ ।दुर्घटनाका कारणमध्ये चालकको असक्षमता, मादक पदार्थ सेवन, तीव्र गति, सवारी साधनको प्राविधिक समस्या, पैदल यात्रुको लापरबाही र सडकको अवस्था मुख्य रहेको कार्यालयले जनाएको छ । हतारमा बाटो काट्नु र जथाभावी हिँड्नुजस्ता कारणले पनि दुर्घटना बढेको देखिएको छ, भन्ने विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।

ट्राफिक व्यवस्थापनतर्फ चैत महिनाभर ३ हजार ३७६ सवारी साधन जाँच गरिएको छ । पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पश्चिम राजमार्ग, भूपी शेरचन राजमार्ग र कालिगण्डकी करिडोर क्षेत्रमा २३ पटक राजमार्ग गस्ती गरिएको कार्यालयले जनाएको छ । बन्द, चक्काजाम वा हड्ताल नभएको महिनामा दुर्घटना न्यूनीकरणका लागि १ हजार ९२१ पटक ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।कारबाहीतर्फ १ हजार ३९६ सवारीमाथि कारबाही गरी २८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । सेवाग्राहीका रूपमा विभिन्न कागजपत्र, सिफारिस र मिलापत्रका लागि १३ हजार ७९६ जना कार्यालय पुगेका थिए । हटलाइन तथा ड्युटी नम्बरमा ४ हजार ५९८ कल आएका र सबै सम्बोधन गरिएको जनाइएको छ ।

समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत ट्राफिक सचेतना कक्षा, चालक तथा सहचालक प्रशिक्षण, स्थानीय समुदायमा जनचेतना कार्यक्रम, माइकिङ तथा सुरक्षित यात्रा सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न नियमित बैठक, गुनासो सुनुवाइ र टोली कार्यक्रम सञ्चालन गरिएको पनि जनाएको छ ।

Previous Post

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरत खत्रीले पोखराको सिमपानीमा मुटु रोग अस्पताल निर्माण

Next Post

कास्कीका विद्यालय १५ गतेसम्म खुलिसक्नेछन् , जब कि २०८२ चैत २२ गते बसेको मन्त्रिपरिषद् निर्णयले

Next Post

कास्कीका विद्यालय १५ गतेसम्म खुलिसक्नेछन् , जब कि २०८२ चैत २२ गते बसेको मन्त्रिपरिषद् निर्णयले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन