• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा १९ मा मानव बेचविखन विरुद्ध स्थानीय समिति गठन

नीतिप्रेस by नीतिप्रेस
May 17, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मानव बेचविखन तथा ओसारपसार विरुद्ध पोखराको १९ नम्वर वडामा स्थानीय समिति गठन भएको छ ।

बाल तथा महिला ससक्तिकरण समाज नेपाल, कास्कीले आयोजना गरेको भेलाले वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको संयोजकत्वमा १३ सदस्यीय स्थानीय समिति गठन गरेको छ । समितिको सदस्यमा महिला जनप्रतिनिधि कल्पना सुनार, महिला सञ्जालकी तिलकुमारी कार्की, निगरानी समुहकी शान्ति बास्तोला,बाल अधिकार समितिकी शर्मिला पोखरेल,बाल मञ्चका निश्चल अधिकारी,लामाचौर सिआरभि प्रमुख विष्णुबहादुर पल्ली मगर, महिला स्वास्थ्य सेविका देवु आचार्य, नागरिक मञ्चका दयाराम गौतम र स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष शिशिर पौडेल छन् । त्यस्तै समितिको मनोनित सदस्यमा टोल विकास समितिका गोपालप्रसाद पौडेल, आमा समुहकी मोना सुनार र समितिको सदस्य सचिवमा सुर्यबहादुर नेपाली चयन भएको संस्थाकी ईन्दिरा पराजुलीले जानकारी दिईन् ।

आस्था परियोजना अन्र्तगत गठन भएको सो समितिले स्थानीय स्तरमा मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनचेतना जगाउने,वडाभित्र जोखिममा रहेका व्यक्तिको उद्धार गर्ने, बेचविखन प्रभावितका लागि राहतकोष स्थापना तथा संचालन गर्ने लगायतका काम गर्ने बताईएको छ । यसअघि भेलामा बोल्दै वडाध्यक्ष पाण्डेले मानव बेचविखनको बिषय आफैमा संवेदनशील रहेको बताउँदै, यसको नियन्त्रणका लागि सबै पक्ष जागरुप हुनुपर्नेमा जोड दिए । उनले वडाभित्र देखिएका यस्ता किसिमका समस्या समाधान गर्न समितिले सक्रियता पुर्वक भुमिका निर्वाह गर्ने अपेक्षा गरे। लामाचौर सिआरभिका प्रमुख विष्णुबहादुर पल्ली मगरले मानव बेचविखनका विषयमा सहभागिले उठाएका जिज्ञासाको जवाफ दिदैं मानव बेचविखन जस्तो जघन्य अपराधका विरुद्ध प्रहरीको एकल प्रयास मात्र सफल नहुने स्पष्ट पारे । कार्यक्रममा बाल तथा महिला ससक्तिकरण समाज नेपाल, कास्कीका प्रतिनिधी निरभय लिगल, ईन्दिरा पराजुलीले आस्था परियोजनाको जानकारी गराउँदै,पोखराका ३३ वटै वडामा स्थानीय समिति गठन भएको बताए ।

हाल संस्थाले समितिको सिफारिस बमोजिम मानव बेचविखनमा परेको व्यक्ति वा परिवारलाई सिपमुलक तालिम र आय आर्जन मार्फत जिविकोपार्जनका लागि सहयोग गदै आईरहेको छ ।

Previous Post

न्यू ग्यालेक्सी माध्यमिक विद्यालय : पोखराको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन