• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विन्दा पाण्डेका पुस्तकमाथि पोखरामा परिचर्चा

नीतिप्रेस by नीतिप्रेस
July 12, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा।

लेखक तथा अभियन्ता डा. विन्दा पाण्डेका पुस्तकहरूमाथि पोखरामा शनिबार परिचर्चा गरिएको छ। र्यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा पाण्डेका विभिन्न कृति तथा नेपाली राजनीतिमा महिलाको योगदानबारे बहस भएको हो। कार्यक्रममा विशेषगरी भुइँमान्छेको श्रम र पसिनाबाट निर्मित राजनीतिमा उनीहरूको उपेक्षा भएको विषयले प्राथमिकता पाएको थियो।

परिचर्चामा बोल्दै पाण्डेले महिलालाई आधा आकाशको सपना देखाएर अधिकारबाट वञ्चित गरिएको बताइन्। अब लालपुर्जासहितको धरतीमा महिलाको हिस्सेदारी खोज्नुपर्ने उनको तर्क थियो। उनले भनिन्, “आधा आकाश, आधा धरती भनिए पनि लालपुर्जा नभएको आकाश देखाएर हामीलाई अल्झाइयो।”

उनले २०३० सालदेखि विद्यार्थी आन्दोलनमा लागेको अनुभव सुनाउँदै २०४७ सालको संविधान निर्माणका क्रममा भएका कमजोरीहरू औँल्याइन्। महिलालाई सम्पत्तिमा अधिकार दिँदा समाज भाँडिन्छ भन्ने सोचले विगतमा समस्या सिर्जना गरेको उनको भनाइ थियो।

कार्यक्रममा स्ट्रगल रानाले नेपाली राजनीतिमा महिला : भुइँमान्छेदेखि भूमिगतसम्म शीर्षकको अवधारणापत्र प्रस्तुत गरे। उनले पाण्डेको पुस्तक आश्रय, सुरक्षा र सम्पर्कका सारथी भुइँमान्छे ले ओझेलमा परेका पात्रहरूको कथा उजागर गरेको बताए। साथै, २०२८ सालको झापा विद्रोह र त्यसपछिका संघर्षमा आम नागरिकले गरेको त्यागबारे पनि चर्चा गरे।

पाण्डेले भूमिगत आन्दोलनका क्रममा नेताहरूलाई आश्रय दिने बालकुमारी दराई र विष्णुमाया सुवेदीजस्ता पात्रहरूको स्मरण गरिन्। दरबारमा सरसफाइ गर्ने महिलाले जोखिम मोलेर नेताहरूलाई दूध हालिएको चिया खुवाएको प्रसङ्ग पनि उनले सुनाइन्। विगतका क्रान्तिकारी नेताहरू आज दलाल पुँजीवादमा फसेको आरोप लगाउँदै उनले भुइँमान्छेको त्यागको उचित सम्मान नभएकोमा असन्तुष्टि व्यक्त गरिन्।

अवधारणापत्रमा झापा विद्रोहका क्रममा भएका घटनाहरू, विभिन्न राजनीतिक व्यक्तित्वहरूको योगदान तथा इतिहासका कम चर्चित पक्षहरू पनि समेटिएका थिए।

कार्यक्रममा पुस्तकमाथि ढाकामोहन बराल, हसिना बस्नेत, धीरज परियार, गीता तिवारी, विष्णुप्रसाद बास्तोला, कृष्ण केसी, समीप बैरागीलगायतले टिप्पणी गरेका थिए। साथै लोचना अधिकारी, मोहनहरि पौडेल, माधव बास्तोला र मीरा ढकालले पनि बहसमा सहभागिता जनाएका थिए। पाण्डेले आफ्नो पीएचडी शोधग्रन्थ र संसदीय अनुभवलाई समेत पुस्तकका रूपमा ल्याएको जानकारी दिइन्।

सोसाइटीका अध्यक्ष दीपक पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ध्रुव केसीले गरेका थिए। सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिबार यस्ता बौद्धिक बहस आयोजना गर्दै आएको जनाएको छ। कार्यक्रममा पोखराका प्राज्ञ, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले इतिहासमा ओझेलमा परेका पात्रलाई प्रकाशमा ल्याउने पाण्डेको प्रयासको प्रशंसा गरेका थिए।

Previous Post

टंकी सबस्टेशनमा लोड व्यवस्थापन भएपछी विराटनगरमा विद्युत् आपूर्ति सहज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन