साउन १,पोखरा ।
कोपिला नेपालद्वारा ब्यबस्थापन भएर संचालनमा रहेको गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण सम्पन्न भयको छ।जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टिमले सो केन्द्रको स्थलगत अनुगमन गरेको हो।अनुगमनका क्रममा प्रमुख पौडेलले तत्कालीन समय २०७९ असारको पहिलो हप्ता आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुखको पदभार लगत्तै पोखरा ३३ को आमाचौरस्थित करिब रुग्ण प्राय बनिसकेको भवन अनुगमनमा पुगेको स्मरण गर्नुभयो ।
पौडेलले तत्कालीन मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङर सामाजिक बिकास मन्त्री नरदेबी पुन रहेको गण्डकी प्रदेश सरकारले निर्माण शुरु गरेर करिब ३ बर्ष सम्म बिबादका कारण रुग्ण बन्न पुगेको थाहा हुनासाथ पहिलो समन्वय र सहजीकरणमा पुगेको उल्लेख गर्नुभयो।
पहिलो अनुगमन र पटक पटकका समन्वय बैठक आयोजना गरेर समाधानको बाटो खोज्ने क्रममा विभिन्न समयमा बनेका प्रदेश सरकार र स्थानिय महानगर समेतले पहल कदमी लिदै गर्दा सो को ब्यबस्थित संचालनको न त खाका नै बन्यो,राज्यको करोडौं लगानी बर्बादिको चरणमा पुग्नै लाग्दा जि स स ले समन्वय,खबरदारी र सहजीकरणमा निरन्तर लाग्दा संचालन सम्भब भएको उल्लेख गर्नुभयो ।यसबाट गण्डकी प्रदेशभरीका हिंसा पिडित आश्रय बिहिन महिला तथा बालबालिका लाभान्वित भएको देख्न पाँउदा अत्यन्त हर्ष लागेको बताउनुभयो ।
जिल्ला समन्वय अधिकारी नवराज बरालले पछिल्लो समय संचालन र ब्यबस्थापनका कठिनाइ बारे जानकारी लिन अनुगमन गरिएको उल्लेख गर्दै बिद्यमान समस्याको समाधान र केन्द्रको दीर्घकालीन संचालनका लागि निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।जिसस कास्कीका शाखा अधिकृत महिला तथा बालबालिका सम्बन्धि फोकल पर्सन लक्षु शर्माले प्रदेश बिकास समस्या समाधान समितिका बैठक र विभिन्न समन्वय बैठक मार्फत जिसस को निरन्तर प्रयत्न र निर्माण संचालनका निम्ति आफुहरूको पहल सार्थक भएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।
ब्यबस्थापनको जिम्मेवारी सहित सो केन्द्र संचालन गरिरहेको कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले पौडेल नेतृत्वको टिमले सफ़ल संचालनमा खेलेको भुमिका अति फलदायी भएको उल्लेख गर्दै संचालन र ब्यबस्थापनको समस्या,चुनौती र भाबी योजनाको सम्बन्धमा जानकारी गराउनु भएको थियो।सिलवालले सो केन्द्रमा ७बर्ष मुनिका ११ जना,७ बाट १८ बर्षमुनिका १९ जना बालबालिका र ११जना महिला गरि जम्मा ४८ जनालेआश्रय लिएको र गत असोज महिना देखि हाल सम्म १२० जनालाइ सेवा प्रदान गरिसकेको जानकारी दिनुभयो।
केन्द्रमा मनोपरामर्श सहित अन्य सिपमुलक तालिम समेत प्रदान गर्ने गरिएको जनाइएको छ । तरकारी,पशुपालन तथा अन्य खेती प्रबिधी, हस्तकला सहित रुचि अनुसारको सीप बिकास र ससक्तिकरणका कार्य समेत संचालन गर्ने गरेको सिलवालको भनाइ छ।सो क्षेत्रमा खानेपानीको समस्या समाधानको पहल गरिदिन स्थानिय वडा र महानगरपालिकालाइ आग्रह गरिएको भन्दै सो को समन्वयका लागि प्रमुख पौडेललाई आग्रह गर्नुभयो ।सोही परिसरमा पुरानो अर्को भवनको निर्माण कार्य पूरा गर्न सहयोगदाताको खोजी भैरहेको सिलवालको भनाइ छ।करिब ६ बर्ष अलपत्र अबस्थामा रहेर गण्डकी प्रदेश सरकारले निर्माण सम्पन्न गरेको उक्त आयोजना हाल कोपिला नेपालको ब्यबस्थापनमा पोखरा महानगरको संयोजनमा संचालनमा आएको हो।गत २०८२ साउन १६ गते मुख्य मन्त्री सुरेन्द्र प्रसाद पाण्डेले उक्त केन्द्र उद्घाटन गर्नुभएको थियो।






