• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै विचौलिया

नीतिप्रेस by नीतिप्रेस
March 19, 2024
in अन्य, अर्थ/वाणिज्य, घटना, जीवनशैली, नेपाली समाचार आजको, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । 


म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट वैदेशिक रोजगारको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढ्दै गएको आप्रवासी स्रोत केन्द्र विराटनगरले जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्तसम्म मात्रै मोरङमा वैदेशिक रोजगारीमा जाने एक सय ६ जना ठगिएका छन् । ठगिएकाहरूले मोेरङ प्रशासन तथा आप्रवासी स्रोत केन्द्रमा उजुरीसमेत दिएका छन् । जसमा हालसम्म मात्र १७ जनाले न्याय पाउँदा प्रमाणको अभावमा धेरै पीडितहरूले न्याय पाउन सकेका छैनन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आप्रवासी श्रोत केन्द्र, मोरङका संयोजक दीपक राउतले चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्तसम्म ठगी सम्बन्धी १०६ वटा केस प्राप्त भएको बताउनु भयो । उहाँले १७ वटा समाधान भएको र त्यसबाट प्राप्त रकम १ करोड १३ लाख ४३ हजार ५ सय रहेको बताउनु भयो । 

वैदेशिक रोजगारीमा जानेहरूलाई उचित परामर्शका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा केन्द्रको सहायता कक्ष राखिएको छ । सहायता कक्षबाट वैदेशिक रोजगारीमा जानेहरूलाई निःशुल्क परामर्श, आवश्यक कानूनी सहायता र सीपमुलक तालिमसमेत उपलब्ध गराउने गरिएको छ । यद्यपि, आफन्त तथा विचौलियाको लहलहैमा लागेर ठगिने क्रम बढेको परामर्शकर्ताहरू बताउँछन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा आप्रवासी केन्द्र मोरङका परामर्श कर्ता सरोजकुमार खनालले वैदेशिक रोजगारीमा ठगीमा पर्ने र विदेश गइसकेपछि ठगीमा पर्नेहरुलाई पनि केन्द्रले सहजीकरण गरेर घर फर्काउने काम गरेको बताउनु भयो । वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई केन्द्रले निःशुल्क सीप तालिम दिने गरेको बताउनु भयो । 

अघिल्ला वर्षहरूमा खाडी मुलुकसँग सम्बन्धित ठगिएका घटनाहरू बढी आउने गरेका थिए । तर पछिल्लो समय युरोपियन मुलुकहरूमा पठाउनेहरूबाट पनि ठगी भएको भन्दै उजुरी प्राप्त हुन थालेको छ । मलेसिया, साउदी, दुबई, माल्टा र रोमानियाका साथै पछिल्लो समय क्यानाडा, अस्ट्रेलिया, पोल्याण्ड र जापान पठाउनेहरूले पनि ठगी गर्ने गरेको घटना बाहिर आउन थालेको मोरङ प्रशासनले जनाएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले अहिले धेरै नै युवापुस्ताहरु ठगिएको बताउनु भयो । उहाँले अहिले अस्टे«लिया, जापान पठाइदिन्छु भनेर उतै बसेको मानिसले नेपालमा एजेण्टमार्फत पैसा लिएर ठग्ने गरेको पाइएको बतउनु भयो । 

वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेपछि मोरङ प्रशासनले सरकारद्वारा मान्यताप्राप्त म्यानपावरबाट मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । म्यानपावर र वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

Previous Post

इजरायल र हिजबुल्लाहबीच झडप जारी

Next Post

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

Next Post

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन