इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । खराब मौसमका कारण राईसी र अन्य वरिष्ठ अधिकारीहरू बोकेको हेलिकप्टर आईतवार पूर्वी अजरबैजानको उत्तरपश्चिमी प्रान्तमा अवतरण गर्न बाध्य भएको थियो । राईसी पेट्रोकेमिकल कम्प्लेक्सको उद्घाटनका लागि प्रान्तीय राजधानी ताब्रिजमा भण्डारण बाँधको उद्घाटन समारोहमा सहभागी हुन खोदा अफरिन काउन्टीबाट जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । हेलिकप्टर पहाडको चुचुरोमा दुर्घटनाग्रस्त भएको देखिएको छ ।