• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु होः कप्तान चेम्जोङ

नीतिप्रेस by नीतिप्रेस
June 13, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताउनुभएको छ ।


फिफा विश्वकप २०२६÷एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीवार स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहद रंगशालामा गत मंगलवार यमनबिरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गर्नुभएको थियो । उहाँले खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उहाँले सय खेल खेलनु भन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताउनु भयो । उहाँले आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘खेलाडीहरुको खेल तलमाथि भइरहन्छ नै । मैले सय गेम खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि बढी गर्वको कुरा हो । सय गेम आफ्नो ठाउँमा छ, तर नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि ठूलो कुरा हो । स्वास्थ्य राम्रो हुन्जेलसम्म खेल्नेछु । सानो सानो कमजोरीले गर्दा अन्तिम खेलमा बराबरी खेल्यौँ । नयाँ टिम छ, यो टिमले अब नयाँ बाटो कोर्नुपर्छ । ४ जना बाहेक सबै नयाँ छन् ।’


त्यस्तै फुटबलर जिलेस्पीजंग कार्कीले डेब्यु गोल अविष्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताउनु भयो । उहाँले आफू भन्दा बलिया टिमहरुसँग खेल्दा अनुभव बटुल्न पाएको बताउनु भयो । उहाँले बलिया टिमहरुसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जाने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘डेब्यु गोल अविष्मरणीय नै रहन्छ । रणनीतिअनुसार म्याचमा खेल्न सक्यौँ खुशी छु । दुवै बलिया टिम थिए । बलिया टिमसँग धेरै नै अनुभव लियौँ । बलिया टिमहरुसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जानेछ ।’


त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको बताउनु भयो । उहाँले यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्दा बराबरी हुन पुगेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले राम्रो खेल खेलेका छौँ । यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्यौँ । बराबरीमा बस्नुपरेको छ । सबैले राम्रो खेलेका छन् ।’


यमनसँग नेपालले २—२ को बराबरी खेलेको थियो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

 

Previous Post

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएनः ज्ञानबहादुर शाही

Next Post

सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छः प्रेम सुवाल

Next Post

सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छः प्रेम सुवाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन