Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
Next
Prev

पार्टीलाई संगठनको आवश्यक महशुस भयोः उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महशुस गरेको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताउनु भयो । उहाँले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गनुभयो । उहाँले संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छाँै । अब कार्यकर्ता नै चाहिँदैन, पिओरली मासबेस पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन । यसैले यि दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्नेछ । संगठन चाहिँदो रहेछ भन्नेकुरा, काठमाडौंमा अलि सजिलो होला । तर अन्य जिल्लाहरुमा त्यो हामीले देखिसक्यौँ । तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा वडामा साथीहरु नै भएनन् । मौन अवधिमा विज्ञप्ती निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरुले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरु चिर्न कार्यकर्ताहरु नै चाहिन्थ्यो । पातलो चुस्त संरचना हामीले कल्पना गर्नैपर्छ ।’


उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताउनु भयो । उहाँले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist