• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौँः अर्थमन्त्री

नीतिप्रेस by नीतिप्रेस
June 16, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताउनुभएको छ ।


शनिवारबाट ललितपुरमा शुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताउनु भयो । उहाँले नेपालका लागि आइटी क्षेत्र प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र भएको पनि बताउनु भयो । उहाँले १० वर्षमा ३० खर्बको आइटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको पनि बताउनु भयो । उहाँले काठमाडौंमा तत्काल एउटा आइटी हब बनाउने र त्यसका लागि केही ठाउँहरु हेरिसकिएको पनि बताउनु भयो । उहाँले सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो । सरकारको तर्फबाट काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरु स्थापना गर्ने र तीन वर्षलाई कुनैपनि शुल्क नलिने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘इन्फरमेसन टेक्नोलोजीको सेक्टरमा, आइटी वा आइसिटी सेक्टरमा अलिकति हामी फड्को मार्नुपर्छ । यो हाम्रो प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र हो भनेर सरकारले अहिले बजेटबाट निकै ठूलो महत्वकांक्षा लिएको छ । हामी १० वर्षमा ३० खर्बको हामी सेवा निर्यात गर्नसक्छौँ, उत्पादन निर्यात गर्नसक्छौँ भन्ने सरकारको महत्वकांक्षी योजना छ । तर आइटी क्षेत्रका साथीहरुको यो महत्वकांक्षी होइन भन्ने थियो । उहाँहरुले १० वर्षमा त्यो भन्दा राम्रो गर्नसक्छौँ, १० वर्षमा प्रत्यक्ष ५ लाखलाई रोजगारी दिन सकिन्छ, १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ भन्दा हामीलाई १० वर्ष चाहिँदैन भन्दै हुनुहुन्थ्यो । राम्रो कानूनी वातावरण, राम्रो पूर्वाधारका वातावरण दियो भने काम गर्न दिने वातावरण भयो भने १० वर्ष लाग्दैन । यो बजेट बनाइराख्दा निजी क्षेत्रका साथीहरु, बौद्धिक साथीहरु, यो क्षेत्रमा लागिरहेका साथीहरुको सल्लाहमा एउटा वस्तुगत तर महत्वाकांक्षी प्रश्ताव अघि सारेका छौँ । हामी ५ वर्षसम्म यस क्षेत्रको कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौँ भनेका छौँ । काठमाडौंमा एउटा आइटी हब नै बनाउँछौँ भनेका छौँ । त्यसका लागि केही ठाउँहरु हेरिएको छ । सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने । काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरु तत्काल स्थापना गर्ने सरकारको तर्फबाट र तीन वर्षलाई हामी कुनैपनि शुल्क नलिएर खासगरी ठूलो उद्यमको रुपमा विकास गरिसकेका साथीहरु अघि बढ्नुहुन्छ । तर नयाँ स्टार्टअपहरुलाई पनि प्रोत्साहन गर्ने रुपले जानेछौँ । गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा वा उत्पादन निर्यात भएको छ भने यो वर्ष १ खर्ब नाघ्ने अनुमान देखिन्छ । यो राम्रो हो । यो क्षेत्र हामी प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र हो ।’ 


अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा निर्यात गरेको र आगामी एक वर्षभित्र १ खर्बको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6′]

Previous Post

कम्बोडियामा लाखौं अमेरिकी डलर बराबरको बरामद लागुऔषध जलाइयो

Next Post

प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा

Next Post

प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन