Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
Next
Prev

सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको रुलिङ


राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।


मंगलवारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरु उठान भएकाले सरकारका सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिन ध्यानकर्षण गराउनुभएको हो । उहाँले सभाको नियमावलीमा सांसदहरुले उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था रहेको भएपनि प्रभावकारी हुन नसकेको बताउनु भयो । उहाँले सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको तर जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भइ जवाफ दिने अभ्यास प्रभावकारी नभएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘मान्य सदस्यहरु सभाको बैठकमा मान्य सदस्यहरुले आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरु उठान गर्ने र नेपाल सरकारका सम्बन्धित मन्त्रीहरुको जवाफ आउनुपर्ने विषय राखिरहनु भएको छ । सभाको नियमावलीमा यस्ता विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था समेत गरेको छ । सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको छ । तर यस्ता जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भइ जवाफ दिने अभ्यास त्यति प्रभावकारी हुन सकेको छैन । म नेपाल सरकार र सम्बन्धित मन्त्रीहरुलाई सभामा उठेका विषयहरुको समयमै जानकारी लिइ तोकिएकै समयमा सभामा जवाफ दिनुहुन गम्भीर ध्यानाकर्षण गराउँछु ।’
उहाँले सभामा उठेका विषयहरुको समयमै जानकारी लिइ तोकिएकै समयमा सभामा जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist