Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
Next
Prev

कानूनमन्त्री गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहनुभएका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबीच शिष्टाचार भेटवार्ता भएको छ ।


मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री गिरी र गुइसियाङ बीच शिष्टाचार भेट भएको हो । भेटको अवसरमा मन्त्री गिरीले न्यायाधिश गुइसियाङको नेपाल भ्रमणप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले नेपाल र चीनबीच सदियौंदेखि रहि आएको सौहार्द्रपूर्ण एवं घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नुभयो । साथै चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद समेत दिनुभयो । नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि कानून तथा न्यायको क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री गिरीले उहाँको नेपाल भ्रमणको पूर्ण सफलताको कामना गर्नुभयो । भेटका क्रममा मित्रराष्ट्र चीनका न्यायाधिशले एक चीन नीति प्रतिको नेपालको प्रतिवद्धताको प्रशंसा गर्दै कानून तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका बीचको अनुभव आदानप्रदान गरिँदै आएको कार्यलाई निरन्तरता दिइने धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist