Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

तेस्रो एनओसी अवार्ड आईतवार हुने

नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डे को अवसरमा एनओसी अवार्डको तेस्रो संस्करण असार ९ गते आईतवार गर्ने भएको छ ।
विश्वभर ओलम्पिक डे जुन २३ मा मनाइन्छ । सोही दिनको अवसर पारेर अवार्ड कार्यक्रम हुने भएको हो । तेस्रो संस्करणको एनओसी अवार्डमा ११ विधामा अवार्ड प्रदान गरिने अवार्ड कमिटीका अध्यक्ष गोपालसुन्दर कक्षपतीले बताउनु भयो । एनओसी अवार्ड उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट पारा खेलाडी, उत्कृष्ट पुरुष र महिला प्रशिक्षक र उत्कृष्ट खेल संघलाई प्रदान गरिनेछ । सञ्चारमाध्यमतर्फ छापा, अनलाइन, फोटो र भिडियो गरी चार विधामा अवार्ड प्रदान गरिनेछ । साथै एक खेलकर्मीलाई एनओसी प्रेसिडेन्टल अवार्ड प्रदान गरिने कक्षपतिले बताए । हरेक विधामा अवार्ड प्राप्त गर्नेलाई ५० हजार प्रदान गरिने जनाइएको छ । एनओसीमा आबद्ध २७ मध्ये २५ खेल संघले एनओसी अवार्डका लागि आवेदन दिएको र त्यसबाट जुरी कमिटीले विजेता छान्नेछ । कमिटीका उपाध्यक्ष ज्योति राणाको संयोजकत्वमा विभिन्न क्षेत्रका व्यक्तिव रहेको ८ सदस्यीय जुरी कमिटी बनाइएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रलाई कसरी प्रोत्साहित गर्न सकिन्छ भनेर सन् २०२२ मा एनओसी अवार्ड सुरु गरिएको जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist