• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, पूरै अवधि काम गरिन्छः प्रधानमन्त्री दाहाल

नीतिप्रेस by नीतिप्रेस
June 23, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ ।


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गर्नुभयो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । सरकारमा रहँदासम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि दोहो¥याउनु भयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अव हामी छिट्टै केन्द्रिय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अव यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कार्यकर्ताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं । र तपाईहरुले पनि जिल्ला जिल्लामा अभियान बनाएर जानुस । मैले पार्टीमा पनि यो सोच्दैछु । र अहिलेको नयाँ परिस्थितिमा हुन त मिडियामा आजकाल यो सोसल मिडियाको जमाना छ । आईटीको जमाना त छँदैछ । त्यसले मानिसको दिमाग भित्र विभिन्न खालको विचारहरु हुल्दिने गरेको छ । राम्रा भन्दा नराम्रा, सकारात्मक भन्दा नकारात्मक कुराहरु हाल्दिने गरेको छ । त्यसले प्रभाव पार्ने गरेको छ । त्यसलाई चीर्नका लागि हामी जनताको बीचमा जाने, हामीले पनि त्यसलाई सकारात्मक उद्देश्यको निम्ति सोसल मिडियालाई, आईटीलाई प्रयोग गर्ने, आईटी दशक सररकारबाट घोषणा गरिएको छ । कृषि दशक भनेर घोषणा गरिएको छ । यो सबै उत्पादन र रोजगारीको नयाँ परिस्थिति बनाउने कुरा गरिएको छ । त्यसका निम्ति तपाईहरुले पनि योजना र अभियान बनाउनु होला । पार्टीको पूरै साथ रहने विश्वासपनि दिलाउन चाहन्छु । अन्तिममा हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुराहरु आउँछन । अर्कोले कुरा गर्दैछ रे–केही दिन पछि सरकार जाँदैछ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोशिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएको मैले नै भन्थे–सायद मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला । अब जति दिन बसिन्छ, भ्रष्टाचारको विरुद्ध पनि गतिविधि गर्ने हो । जतिदिन बसिन्छ, सामाजिक न्यायको निमित पनि काम गर्ने हो । जति दिन बसिन्छ, समृद्धिको निम्ति पनि काम गर्ने हो भनेको अहिले डेढ वर्ष भयो । तर म बसेकै छु । र मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । सजिलो छैन हामीलाई । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन । तैपनि हामीले राजनीतिक दलसँग जे सम्झदारी गरेका छौं । त्यो समझदारीप्रति हामीले जहिले पनि इमान्दारिता अपनाएका छौं । हामी इमान्दारपुर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं । त्यसकारण आजै केही हुन्छ कि, भोली केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो । त्यतापट्टी तपाईहरुले दिमाग लानै पर्दैन । तपाईहरु ढुक्कसँग आफनो काम गर्नुहोला । ’


प्रधानमन्त्री दाहालले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो । 

[adrotate banner= “5”]

[adrotate banner= “4”]

[adrotate banner= “6”]

Previous Post

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँः अर्थमन्त्री

Next Post

अब छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छः प्रधानमन्त्री दाहाल

Next Post

अब छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छः प्रधानमन्त्री दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन