Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

अब छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशन हुने घोषणा गर्नुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अब छिट्टै पार्टी केन्द्रिय कमिटीको बैठक बोलाएर महाधिवेशनको मिति तय गर्ने बताउनुभएको हो । समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले त्यसका लागि विचार संश्लेषण गरेर अघि बढ्न पनि पार्टीको महाधिवेशनको मिति तोक्न ढिलाई गर्ने अवस्था नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो । उहाँले आगामी महाधिवेशनले पार्टीलाई नयाँ अभियानसहित अघि बढाउने र त्यसबाट देशलाई अघि बढाउने सबैभन्दा भरपर्दो शक्तिको रुपमा स्थापित गराउने जिकिर पनि गर्नुभयो । प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, विकास र गणतन्त्रको सुदृढीकरणका माओवादी केन्द्रलाई भरपर्दो शक्तिको रुपमा विकास गर्ने पनि बताउनु भयो । नेपालमा समाजवादी क्रान्तिको प्रारम्भ छिट्टै हुने उल्लेख गर्दै उहाँले त्यसका लागि अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । 
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘मैले आफ्नो ठाउँबाट फेरि समाजवादी क्रान्तिको निम्ति हामी अब महाधिवेशनतिर जान्छौं । अबको केन्द्रिय समिति बैठकले महाधिवेशनको मिति तोक्छ । पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौं । सायद त्यस्तै दिन छानेर महाधिवेशनको उदघाटन गर्छौं । नयाँ विचार संश्लेषण गर्छांै । नयाँ अभियानसहित लैजान्छौं । र गणतन्त्रको सुदृढकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएर छाड्छौं ।’


प्रधानमन्त्री दाहालले मुलुकलाई समाजवादको बाटो अघि बढाउन हरेकले पहल गर्नुपर्ने आवश्यकत पनि औंल्याउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist