• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

धान खेतीलाई वृद्धि गर्नसके तीन वर्षमा धानमा आत्मनिर्भर बन्नसक्छौंः कृषिमन्त्री साह

नीतिप्रेस by नीतिप्रेस
July 1, 2024
in agriculture, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले धान खेतीलाई वृद्धि गर्नसके आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्नसक्ने बताउनुभएको छ ।


आईतवार नेकपा एमालेको कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि मुलुकभित्र वार्षिक रुपमा ५६ लाख मेट्रिक टन धान उत्पादन भइरहेको भन्दै आगामी तीन वर्षमा ७० देखि ७५ लाख मेट्रिक टन धान उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनु भयो । उहाँले कृषिप्रधान मुलुक भएपनि पछिल्लो समय मुलुकको कृषि क्षेत्र संकटमा रहेको बताउनु भयो । उहाँले कृषि क्षेत्र संकटमा भएपनि धान खेती भने ४ प्रतिशतले वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले कृषि नीति, संक्रामक रोग सम्बन्धी ऐनहरु कानून मन्त्रालयमा एक वर्षदेखि रोकिएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले सरकारले कृषि क्षेत्रको विकासको लागि जोखिममा आधारित रणनीति बनाउन आवश्यक देखिएको बताउनु भयो । उहाँले  नेपालमा उत्पादन भएको मोटो धान भारतमा निर्यात हुने र नेपालमा मसिनो चामल आयात हुने गरेको बताउनु भयो । उहाँले भारतबाट आयात भएको तथ्याङ्क देखिने तर नेपालबाट भारतमा निर्यात भएको धानको तथ्यांक कतै नराखिएको बताउनु भयो । उहाँले भारतमा जाने मोटो धान खुला सीमाना भएकाले साइकलमार्फत भारत जाँदा तथ्याङ्क भेट्न नसकिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ कृषि नीति,पशु संक्रामक रोग सम्बन्त्री ऐनहरु कानून मन्त्रालयमा एक वर्षदेखि रोकिएर बसेको छ । कृषि क्षेत्रको विकासको लागि जोखिममा आधारित रणनीति बनाउन आवश्यक छ । हामी अहिले जोखिम अवस्थामा छौं । तर संकट भएर सकिनै लाग्यो भन्ने पनि होइन । धानको उत्पादनमा वृद्धि भइरहेको छ । मोटा चामलको हिसावले मुलुकमा धानको उत्पादन हुन्छ । तर हामी मसिनो चामलमा बानी परेका छौं । आयात भएको चामल रेकर्ड हुन्छ । ५ लाख ८० हजार मेट्रिक टन चामल आयात हुन्छ । त्यसको लागि ५ लाख हेक्टर खेती बढाउँदा आत्मनिर्भरतिर जान्छौं । मोटा धान नेपाल बाहिर जान्छ । त्यो निर्यात भएको कतै रेकर्डमा छैन । चामल आयात भए पनि नेपाली धान कति भारत गयो भनेर रेकर्डमा बस्नुपर्छ । मोटो धान उत्पादन भएको र बाहिर गएको कसैसँग रेकर्ड छैन । धान उत्पादनमा ४ प्रतिशतले वृद्धि भएको छ । तीन वर्ष धान खेतीमा वृद्धि गर्नसके चामलमा मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौं । ५७ लाख मेट्रिक टन मुलुकभित्रै धान उत्पादन भइरहेको छ । अब ७० लाख मेट्रिक टन उत्पादन पु¥याउनसके आत्मनिर्भर बन्न सकिन्छ । दुग्ध विकास संस्थानमा एमालेकै कर्मचारी युनियनहरुले सहयोग गरेका छैनन् ।’


उहाँले दुग्ध उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्ने अवस्था भएपनि दुग्ध विकास संस्थानमा बेथिति हुँदा समस्या आएको बताउनु भयो । उहाँले दुग्ध विकास संस्थान सुधारमा एमाले निकट कर्मचारी संगठनहरुको समेत सहयोग नपाएको गुनासो गर्नुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मन्त्रिपरिषद्बाट निर्णय गरेर नवीकरण नगरिएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने तयारी

Next Post

मधेस प्रदेशका विपक्षी दलहरुद्रवा बजेट पुनःलेखन गर्न मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

Next Post

मधेस प्रदेशका विपक्षी दलहरुद्रवा बजेट पुनःलेखन गर्न मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन