Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

मधेस प्रदेशका विपक्षी दलहरुद्रवा बजेट पुनःलेखन गर्न मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

मधेस प्रदेशका विपक्षी दलहरुले बजेट पुनःलेखनको माग गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

.
नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी प्रमुख सचेतक रानी शर्मा तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता कञ्चन विछाले लगायतले सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै मधेस सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याएको बजेटको पुनःलेखन गर्न मांग गरेका हुन् । बजेट सम्बन्धमा गत असार १३ गते मुख्यमन्त्रीको कार्यकक्षमा बसेको सर्वदलिय बैठकमा मुख्यमन्त्री र स्वयं अर्थमन्त्री भरत साहले नै पिएलएमबिआईएस ह्याक्रहरुबाट सिस्टम ह्याक भई कार्यक्रम तथा बजेट रकमहरु प्रबिष्ट गरिएको भनि जानकारी आएकाले बजेट स्वीकार्य हुन नसक्ने उनीहरुको तर्क छ । उनीहरुले सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन संसदिय छानबिन समितिको गठन, बजेट पुनःलेखन तथा प्रदेश सभामा पुनः छलफल र बजेट पुनःलेखन हुँदा सबै संसदिय क्षेत्रमा सन्तुलित बजेट कायम गनुर््पर्नेसहित तीन सूत्रिय माग गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist