Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

मध्य गाजामा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

शनिवार दिउँसो मध्य गाजा पट्टीको नुसेरात क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली बमबारीमा कम्तीमा १६ प्यालेस्टाइनीको मृत्यु भएको छ । जसमा अधिकांश बालबालिका र महिला रहेको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ । हालको प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि अल–जाउनी विद्यालयमा तेस्रो पटक बम विष्फोट भएको जनाएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले घटनाको बारेमा रिपोर्ट हेरिरहेको बताएको छ । हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले शनिबार एक विज्ञप्तिमा आक्रमण भएको  विद्यालयले झन्डै ७ हजार विस्थापित व्यक्तिहरूलाई आश्रय दिएको र द्वन्द्व शुरु भएदेखि इजरायली सेनाले १७ भन्दा बढी विद्यालय र विस्थापन तथा आश्रय केन्द्रहरूमा नुसेरातमा बमबारी गरेको बताएको छ । संयुक्त राष्ट्र संघको तथ्याङ्कले यस हप्ताको शुरुमा गाजा भित्र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको संख्या १.९ मिलियन रहेको बताएको छ । विगत २४ घण्टामा इजरायली सेनाले २९ जनाको ज्यान लिनुका साथै १०० जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मारिनेमा पाँच स्थानीय पत्रकार थिए । जसले अक्टोबर ७ यता मारिने पत्रकारको सङ्ख्या १५८ पुगेको मिडिया कार्यालयले जनाएको छ । गाजा पट्टीमा प्यालेस्टाइनीहरूको मृत्युको संख्या ३८ हजार ९८ पुगेको छ । ८७ हजार ७०५ घाइतेहरू रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist