Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

सप्तकोशी बाढी अपडेटः ५६ वटै ढोका खोलियो, हाइ अलर्ट जारी

सप्तकोशीमा पानीको बहावले सीमा नाघेपछि पुगेसँगै हाइ अलर्ट जारी गरिएको छ ।


आईतवार बिहानदेखि नै सप्तकोशीमा पानीके बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहँव बढ्ने अनुमान रहेको र सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनु भयो । उहाँले पानीको बहाव तीन लाख ५० हजार भन्दा माथि पुगिसकेपछि भारतीय पक्षसँग कुरा गरेर ५६ वटै ढोका खुला गरिएको बताउनु भयो । उहाँले अवस्था सामान्य भएपनि कोशीमा पानी अझै बढ्नसक्ने भएकाले उच्च शतर्कता अपनाइएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पानीको बहाव बढ्दै गइसकेपछि हामीले तीन लाख ५० हजार भन्दा माथि पानी पुगिसकेपछि भारतीय पक्षसँग पनि कुरा गरेर कुनैपनि जोखिम नहोस् भनेर ५६ वटै ढोका खोलेका छौँ । पानी बढिरहेको अवस्था छ । अझै केही बढ्नसक्छ भन्ने अनुमान छ । काशी नदीको बहाव उच्च शतर्कतामा पुगेको अवस्था छ । हामीले हिजोदेखि नै हाम्रो तटिय भेगमा बस्ने सबै नागरिकलाई शतर्क रहन आग्रह गरेका छौँ । प्रशासन हर तरहले अलर्ट छ । सबैले नियाल्नुपर्ने अवस्था छ ।’


उहाँले शनिवारबाटै तटीय भेगमा बस्ने नागरिकलाई शतर्क रहन आग्रह गरेको र प्रशासन सम्पूर्ण रुपमा तयारीमा रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist