[adrotate banner= “3”]
नेपाली काँग्रेसका सांसद डिगबहादुर लिम्बूले नयाँ सरकार गठनका लागि खुट्टा कमाउने काम पार्टीका शिर्ष नेताहरुले गर्न नहुने बताउनुभएको छ ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेकोप्रति लक्षित गर्दै उहाँले शिर्ष नेताहरुले खुट्टा नकमाई काँग्रेस–एमालेबीचका समझदारी अनुसार नयाँ सरकार गठनका लागि अघि बढ्न आग्रह गर्नुभयो । आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले मुलुकमा विद्यमान समस्या समाधानका लागि दुई पार्टीबीच नयाँ सरकार गठन गरेर अघि बढ्ने समझदारी भएकाले त्यसलाई कार्यान्वयन गरेर अघि बढ्ने काममा ढिलाई गर्न नहुने सांसद लिम्बूको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा नेकपा एमाले र नेपाली काँग्रेसले मुलुकको समस्या समाधान गर्ने जुन जमर्को गरेका छन । म आग्रह गर्न चाहन्छु–हाम्रो पार्टीका शिर्ष नेताहरुले पनि खुट्टा नकमाईकन, धोकाधडी नगरीकन स्थिर सरकार दिएर अघि बढ्नसक्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु ।’
सांसद लिम्बूले काँग्रेस–एमालेले मुलुकमा राजनीतिक स्थिरता दिन सक्ने भएकाले पनि नयाँ सत्ता समिकरण बनाएर अघि बढने सहमती भएको दाबी गर्नुभयो ।
[adrotate banner= “4”]
[adrotate banner= “5”]
[adrotate banner= “6”]






