‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९÷८०) प्रतिनिधि सभामा पेश गरिएको छ ।
आईतवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सो प्रतिवेदन पेश गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९÷८०) लाई सभा समक्ष पेश गर्दछु ।’
संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नुपर्ने हुन्छ ।