Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

लगानी सहजीकरण सम्बन्धी ऐनलाई दुई÷तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रमाणीकरण गर्न ढिला गर्न नहुने बताउनुभएको छ ।

.
आईतवारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समयको सिमितता रहेको भन्दै उहाँले दुई, तीन दिन भित्रमा राष्ट्रपतिबाट कानून प्रमाणीकरण गराउन नसके शुन्यमा झर्ने भएकाले तत्काल संसदबाट पारित गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय निकुञ्ज ऐन, वन ऐन लगायतका धेरै ऐनहरु संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले हामी जुन ढंगले छलफल गर्दैछौँ, हामीसँग समयको अत्यन्तै सिमितता छ । हामीसँग राष्ट्रिय निकुञ्ज ऐन, २०२९ हो । यसलाई समयानुकुल परिमार्जन गर्नुपर्ने पनि छ । वन ऐन लगायत थुप्रै कानूनहरु छन् । जसलाई हामीले विकास आयोजना सञ्चालन गर्न अनुकुल हुने गरेर हाम्रा कानूनहरु संशोधन गर्नुपर्नेछ । तर यति बेला हामी समयको अत्यन्तै सिमिततामा छौँ । हामीले दुई, तीन दिन भित्रमा राष्ट्रपतिबाट यो कानून प्रमाणीकरण गराउन सकेनौँ भने शुन्यमा जान्छ । आजै राष्ट्रिय सभाकबाट पारित गरेर प्रतिनिधि सभामा लैजाँदैछौँ । त्यहाँबाट सम्माननीय राष्ट्रपतिज्यु कहाँ पु¥याएर यो ऐन प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।’
मन्त्री शर्माले विधेयकहरु पास गरेर जानुपर्ने अहिलेको बाध्यता भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist