• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काँग्रेस–एमालेलक्षित माओवादी सांसद घर्तीको टिप्पणीः दुई दलीय परिपार्टीको विकास गर्न खोज्नु पश्चागामी कदम हो

नीतिप्रेस by नीतिप्रेस
July 8, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले काँग्रेस एमालेबीचको समझदारीबारे संसदले जानकारी पाउनुपर्ने बताउनुभएको छ ।


सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद घर्तीले दुई पार्टी बीचको सहमती दुई दलीय प्रणालीको लागि हो भने त्यो मान्य नहुने चेतावनी समेत दिनुभयो । सांसद घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आरिस गरेको आरोप पनि लगाउनु भयो । उहाँले संघीयता कार्यान्वयनका लागि माओवादी केन्द्रले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो । कुन्ति मोक्तानको स्वरमा र शिलाबहादुर मोक्तानद्धारा संगीतवद्ध एउटा गीत भन्नुभएको छ–कति जल्छौं आरिसले, अझै जल्दै गर, म त हिँडछु आफ्नै बाटो खुट्टा तान्दै गर । सभामुख महोदय, संसदीय राजनीतिक प्रणालीमा सरकार बन्ने, सरकार ढल्ने । यो स्वभाविक प्रक्रिया हो । जोसँग बहुमत हुन्छ, जोसँग सहमती हुन्छ । राजनीतिक इस्युहरु मिल्छन्, एजेण्डाहरु मिल्छन् । त्यसमा सहकार्य हुन्छ । मिल्नेहरुको बीचमा गठबन्धन हुन्छ, नमिल्नेहरुको बीचमा कुर्सी, आसनहरु फेरिने गर्दछन् । यो स्वभाविक प्रक्रिया हो । मात्रै एउटा समाजशाष्त्रको विद्यार्थीको हैसियतले म के भन्न चाहन्छु भने संविधान सुधार भन्ने एउटा प्रश्न उठेको छ । संविधानमा सुधार होइन, राजनीतिक नेतृत्वको एटिच्युटमा सुधार गर्नुपर्छ भन्ने मलाई लाग्छ । दिग्गज नेताहरु हुनुहुन्छ यहाँ । कतिपय साथीहरुले बनावटी कुरा गरेपनि मनमा त्यस्तो लागेजस्तो लाग्दैन । नेताहरुले भनेपनि बोल्नै प¥यो । तर पनि प्रक्रियागत रुपमा जाँदाखेरी चाहीँ चित्त बुझिराखेको छैन । त्यसकारण हामीले राजनीतिक परिवर्तन जो ग¥यौं, हाम्रो संस्कारमा रहेको, हाम्रो चिन्तन, प्रवृत्तिमा रहेको जुन प्रकारको सामन्ती संस्कार छ । त्यो संस्कारालाई हामीले संशोधन गरौं । त्यसो भयो भने देशले समृद्धिको खाका कोर्नसक्छ । अहिले राजनीतिक समिकरण परिवर्तन हुँदैजाँदा साथीहरुको राजनीतिक स्थिरता, राष्ट्रिय सहमती र संविधानको धाराहरुमा आवश्यक संशोधन भनेर कुरा गरिएको छ । अब स्थिरताको कुरा गर्दाखेरी स्वभाविक रुपमा यो नारा ठिकै छ । राष्ट्रिय सहमतीका लागि माओवादी कहिल्यै विमति राख्दैन सत्तामा रहेपनि वा विपक्षमा रहेपनि । राष्ट्रिय सहमतीको आवश्यक कुरामा माओवादीले हात उठाउँछ । एउटा नीति कथा पढने अवसर पाएको थिए । गंगा नदीको किनारमा एक जना पण्डितले बिहानै उठेर स्नान गरेर ध्यान मग्न भएका रहेछन् । त्यसबेला एउटा गोही चाँही आहाराको खोजीमा आईरहेका बेला पण्डितलाई देख्यो । उनी अग्लो ठाउँमा थिए खाना त सकेनन । तर पण्डितलाई खुशी पार्नका लागि उनले मोतीका दानाहरु छर्कि दिएछन् । पण्डितको ध्यान खुल्यो । मोतीको दाना देखेपछि पण्डितले यो कहाँबाट आयो । अनि उनले कसैले देख्छ कि भनेर मोतीको दाना छाम्दै यताउता हेर्न थाले । तर गोहीले के भन्यो भने त्यसमा केही पनि नगर्नु । यहाँ कोही पनि छैन । तपाई र म मात्रै हो, त्यसकारण त्यसलाई खल्तीमा राख्नुस् । बरु अरु पनि चाहिन्छ भने म दिन्छु भन्यो । र, पण्डितले तपाई को भनेर सोध्यो । म त तीर्थ गएर स्थान गर्न चाहेको थिए, बाटो बिराएर यहाँ आएको छु । बरु तपाईले मलाई बाटो सिकाई दिनुहुन्छ भने सिकाई दिनुस् भन्दाखेरी बाटो यहाँबाट त्यहाँ जान्छ भनेर हुँदैन । त्यो टाढा छ  भनेपछि त्यसमा पनि केही फरक पर्दैन । म तपाईलाई बोक्छु । मेरो काँधमा चढेर हिँड्छु । तपाई बाटो सिकाउँदै गर्नुस् । त्यसो भनेपछि पण्डित चाहीँ अरु धेरै मोतीको दानाका लोभले गोहीको काँधमा चढे । र नदीमा जाँदै गर्दा ठूलो भुल्काहरु आए । त्यो भुल्काले गर्दा पण्डितजीलाई डराउनु भयो । त्यसपछि गोही हास्यो । मूर्ख बाहुन मैले त मेरै स्वार्थका लागि ल्याएको भनेर पण्डितको आहारा ग¥यो । म के मात्रै कामना गर्छु भने अब एउटा पण्डितले नै स्वर्ग गएपनि नर्क गएपनि संगै जाउला भनेकोमा छोडेर गएकोमा उनी जिल्ल परिहाले । अर्को पण्डित फेरि गोहीसँग नदीमा किनाराबाट जाँदाखेरी भुल्कामा परेर ज्यान गुम्ला । म यति कामना गर्न चाहन्छु । अन्तिममा मुरलीधरले एउटा गीत गाउनु भएको छ–उडायो सबै सपना हुरीले भन्ने गीत चरितार्थ नबनोस् । काँग्रेस एमालेबीचको सहमती औपचारिक ढंगले आउन सकेको छैन । त्यो यहाँ पनि वाचन भएको छैन । त्यो सहमतीको नाममा यो संविधानले मल्टीपार्टीको व्यवस्था गरेको छ । अव यसलाई दुई पार्टीबीचको सिष्टमको बहस पनि चलेको छ । यतातिर लैजान खोजेको हो भने यो पश्चागामी कदम हो । सदनले त्यो कुरा जानकारी पाओस् । सरकार आउनेजाने केही कुरा छैन । ’
सांसद घर्तीले मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजान खोजिएको हो भने त्यो पश्चागामी कदम भएको बताउनु भयो ।

[adrotate banner= “5”]

[adrotate banner= “4”]

[adrotate banner= “6”]

Previous Post

फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन सांसद कार्कीको आग्रह

Next Post

संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छः अध्यक्ष मगर

Next Post

संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छः अध्यक्ष मगर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन