Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छः अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।


सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यानजन्य हिंसाहरुलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताउनु भयो । उहाँले पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्याय टुंग्याउन जरुरी रहेको बताउनु भयो । उहँँले संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन सबै पक्ष क्रियाशील भइ काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरकार, पीडित पक्ष, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय भइ काम गरेमात्रै संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने बताउनु भयो । अध्यक्ष मगरले सरकारलाई आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायको टुंगो लगाउँदा पीडितमैत्री हुनुपर्छ, बालसैन्यको कुरा छ । यौनजन्य हिंसाहरुको कुराहरुमा भयो । आदिआदि कुरामा पीडकले सजाय पाउनुपर्छ, पीडितले राहत, क्षतिपूर्ति, परिपूरण पाउनुपर्छ । न्याय पाउने अवस्था सिर्जना हुनुपर्छ । यसमा हामी सबै लाग्नुपर्छ । अहिले मुख्य कुरा भनेको ऐन बन्नुपर्छ । ऐन नबनिकन न्याय दिन सकिँदैन । ऐनको सम्बन्धमा हामीले कुरा राखिसकेको छाँै । संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन सरकार क्रियाशिल हुनुपर्छ, पीडित पक्ष हुनुपर्छ, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय हुनुपर्छ । सबैको संयुक्त सहयोग नभइकन टुंगोमा पुग्न सक्दैन । सबैको संयुक्त सहयोग चाहिन्छ ।’


सो अवसरमा आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरु समेटेको राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रतिवेदन सार्वजनिक समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist