Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

इजिप्ट र जोर्डनबीच गाजा युद्धविरामबारे छलफल

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र भ्रमणमा रहनुभएका जोर्डनका समकक्षी अयमान सफादीले बुधवार कायरोमा भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा गाजापट्टीमा तत्काल युद्धविरामको आह्वान गरेका छन् । दुई मन्त्रीहरूले दुई मुख्य लक्ष्यहरू हासिल गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम जारी राख्न आग्रह गरे । गाजामा तत्काल युद्धविराम र एन्क्लेभमा मानवीय सहायता आपूर्तिको पर्याप्त प्रवेश दिनुपर्ने बताए । उनीहरूले इजिप्ट र गाजा बीचको राफाह सीमा नाकाबाट सहायता प्रवाह रोक्नको लागि इजरायललाई जिम्मेवार ठह¥याएका छन् । इजरायलले हालै क्रसिङको प्यालेस्टिनी पक्षलाई नियन्त्रण गरेको थियो । इजिप्टका विदेशमन्त्रीका अनुसार प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट विस्थापित गर्न खोज्ने इजरायलको व्यवस्थित नीतिहरूलाई दुई मन्त्रीहरूले पूर्ण रूपमा अस्वीकार गरे । 


इजिप्ट, संयुक्त राज्य अमेरिका, कतार र इजरायलका प्रतिनिधिमण्डलहरू बुधवार कतारको राजधानी दोहामा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्नका लागि भेला हुँदा इजिप्ट–जोर्डन वार्ता भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist