• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सिमलताल पहिरोः तीन वटै सुरक्षा निकायबाट उच्चतम प्रविधिको प्रयोग, बेपत्ताहरुको खोजि तिब्र

नीतिप्रेस by नीतिप्रेस
July 14, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजि कार्य तिब्र पारेको जनाएको छ ।


शुक्रवार बिहान चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा बेपत्ता यात्रुसहित दुई वटा बस बेपत्ता भएका थिए । जसमा जसमा ६० भन्दा बढी यात्रुहरु रहेको बताइएको छ । यद्यपि यकिन हुन अझै सकेको छैन । बसमा टिकट काटेर आउने बाहेकका यात्रुहरु पनि रहेको हुनसक्ने अनुमान छ । शुक्रवार बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा बेपत्ताको खोजि कार्य जारी राखेपनि आशातित परिणाम प्राप्त गर्न सकेको छैन । जसकारण सरकाप्रति आम नागरिकहरु रुष्ट छन् । सरकारले बेपत्ता नागरिकहरुको खोजि कार्यमा तदारुकता नदेखाएको गुनासो आम नागरिकको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले त्रिशुली नदी यहाँबाट बुझेको र त्यहाँ भएको परिस्थितिमा धेरै फरक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अहिले नदीमा लेदोसहितको बाढी आइरहेकाले पानी धमिलो हुँदा बेपत्ताहरुको खोजि कार्य प्रभावित बनिरहेको बताउनु भयो । उहाँले धमिलो पानी र लेदोसहितको बाढीले सुरक्षा निकायले आशातित परिणाम दिन नसकेको बताउनु भयो । ४÷५ वटा शवहरु करिव ५५÷६० किलोमिटरको फरकमा फेला परेको र बसको अझै पत्ता नलागेको बताउनु भयो । उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तीन वटै सुरक्षा निकायसँग भएको उच्चतम प्रविधिको प्रयोग गरेर खोज्ने काम भइरहेको बताउनु भयो । लेदो कम हुने र पानी केही मात्रामा संग्लिएको खण्डमा भने गोताखोर टोली नदीमा जान सक्ने र ड्रोन क्यामेरा प्रयोगबाट खोज्न सक्ने अवस्था आउने बताउनु भयो । रिबन मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइस तीन वटै उपायको प्रयोग गरेर बपत्ताको खोजी भइरहेको बताउनु भयो । उहाँले विदेशबाट गोताखोर टोली ल्याएर खोज्दा परिणाम आउने भन्नेकुरा नेपालको परिवेशमा मेल नखाने बताउनु भयो । विदेशमा समुन्द्रमा खोज्ने गोताखोर टोली र नेपालमा त्रिशुली लगायतका नदीमा खोज्ने कुरा फरक हुने बताउनु भयो । उहाँले गोताखोर टोलीले प्रयोग गर्ने सामग्रीहरु एउटै हुने भन्दै विदेशको गोताखोर टोली आउँदैमा नतिजा निस्किहाल्ने भन्ने नहुने बताउनु भयो । नेपालकै गोताखोर टोलीले छिटै बेपत्ताहरुको खोजी गर्ने आश रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरी बलसँग भएको ३७ हजार १५३ हालको जनशक्तिमध्ये करिव २२ सय जनशक्ति विपद् उद्धारसँग सम्बन्धित तालिमप्राप्त जनशक्ति रहेको छ । त्यसको अलावा अरु हामीसँग भएको जनशक्ति १७ हजार ७२० जना प्रत्यक्ष रुपमा परिचालित भएका छन् । त्रिशुली नदी हामीले यहाँबाट हेरेको र त्यहाँको परिस्थिति धेरै फरक छ । त्यसमाथि अहिलेका त्रिशुली जहाँ लेदोसहितको बाढी छ । त्यसकारणले पनि हामीसँग भएका हाम्रा जनशक्तिले जुन किसिमले नतिजा दिन सक्नुपर्ने हो, त्यो नतिजा निस्किन सकेको छैन । त्यसमा हामी पनि दुःखी छौँ । सशस्त्र प्रहरी बलसँग भएको जनशक्तिले ति उद्धार कार्यहरु सम्पन्न गर्नसक्छ भन्ने आम जनसमुदायको अपेक्षा थियो । र सकाँै भन्ने अपेक्षासहित काममा तल्लिन छौँ । तर आशातित परिणाम आउन सकेको छैन । ४÷५ वटा शवहरु करिव ५५÷६० किलोमिटरको फरकमा देखिरहेका छन्, तर बसको अत्तोपत्तो छैन । मान्छेले राज्यले गरेको छैन, अहिलेसम्म परिणाम आउन सकेको छैन भन्ने नकारात्मक कुराहरु आइरहेको छ, आफन्तजन पनि राज्यले बेवास्ता गरेको हो की भन्ने कुरा थियो । त्यो स्वभाविक हो, रिजल्ट नपाउँदा त्यस्तो लाग्नु स्वभाविक हो । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेना तीन वटै सुरक्षा निकायसँग भएको उच्चतम प्रविधिको प्रयोग गरेर हामीले प्रयत्न गरिरहेका छौँ । आशातित परिणाम आएको छैन । लेदो कम भएर अलिकति भएपनि पानी संग्लियो भने हाम्रो गोताखोर त्यहाँ भित्र गएर ड्रोन क्यामेरा प्रयोग गरेर खोज्न सकिन्थ्यो, त्यो पनि सकिएको छैन । पानी परेन भने त्यो नतिजामा पुग्नछौँ । रिबन र मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइस यि तीन वटा मेथड छन् । अहिले ११० जना गोताखोर हुनुहुन्छ हामीसँग । त्यहाँको र यहाँको अवस्था फरक हुन्छ, त्यहाँको समुन्द्र र यहाँका त्रिशुली जस्ता नदीमा खोज्नेमा धेरै फरक हुन्छ । बाहिरबाट ल्याएर परिणाम आइहाल्छ की भन्ने लाग्दैन । बंगलादेश पठाएर तालिम सिकाएका गोताखोरहरु पनि हामीसँग छन् । केहीले जागिर छोडिसके केही बाँकी छन् । हाम्रै गोताखोरले यो काम सम्पन्न गर्नसक्छन् । तर पानी अलिक संग्लो हुनुपर्छ, जताबाट गोताखोर ल्याएपनि प्रयोग गर्ने सामग्रीहरु भनेको उही नै हो ।’
उहाँले सशस्त्र प्रहरी बलसँग अहिले ११० जना गोताखोर रहेको बताउनु भयो । सशस्त्र प्रहरी बलसँग भएको ३७ हजार १५३ हालको जनशक्तिमध्ये करिव २२ सय जनशक्ति विपद् उद्धारसँग सम्बन्धित तालिमप्राप्त जनशक्ति रहेको बताउनु भयो । अन्य १७ हजार ७२० जनशक्ति प्रत्यक्ष रुपमा परिचालित भएका पनि बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सरकार फेरबदलका कारण संसदीय गतिविधिहरु प्रभावित

Next Post

प्रधानन्यायाधीशलाई नेपाल बारको चेतावनीः न्यायाधीशको वरियतासम्बन्धि नियमावली खारेज नभए आन्दोलन हुन्छ

Next Post

प्रधानन्यायाधीशलाई नेपाल बारको चेतावनीः न्यायाधीशको वरियतासम्बन्धि नियमावली खारेज नभए आन्दोलन हुन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन