Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

माओवादी सांसदको आरोपः काँगे्रस नामको मात्रै लोकतन्त्रवादी भयो


राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिनुभएको छ ।


बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिले दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गर्नुभयो । अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि आग्रह गर्नुभयो । उहाँले संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न सुझाव दिनुभयो । उहाँले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमँ जान आग्रह गर्नुभयो । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालमा अहिले करिव दुई तिहाईको सरकार छ । पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन् । दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तर यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौँ, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ । म आग्रह गर्न चाहन्छु, किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनु हुन्छ, तपाईंहरु अर्को २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर जानुस् । त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने काँग्रेस एक नम्बर भएकाले काँग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशुल गर्नुस् । सबै देश कब्जा गर्नुस् । तपाईंहरुलाई थाहा छ नि, श्रीलंकाका राजापाक्षेले पनि देश त्यसै गरेर कब्जा गरेका थिए । उनको हालत आज के भइरहेको छ । शेख हसिनाको बारेमा सबै जानकार नै हुनुहुन्छ ।’ 
सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाईको सरकार बनाएको भन्न नमिल्ने बताउनु भयो । उहाँले नेपाली काँगे्रस नामको मात्रै लोकतन्त्रवादी बनेको आरोप लगाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist