• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने

नीतिप्रेस by नीतिप्रेस
August 15, 2024
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताउनुभएको छ ।


डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाइ निगरानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताउनु भयो । उहाँले लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्वपूर्ण उपलब्धि हुने बताउनु भयो । उहाँले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायहरुको सूचना दिने व्यवस्था मिलाउने पनि बताउनु भयो । उहाँले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘विद्यालय, अस्पताल, कलेज, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थल यो सबैमा पालिकाले वडालाई क्रियाशिल बनाएर निगरानी गर्न आवश्यक छ । यो बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरियो भने नियन्त्रणमा योगदान पुग्छ । विशेष गरी जनचेतना अभिवृद्धि गर्ने, लामो बाहुले लुगा लगाउनुपर्दो रहेछ भन्नेकुरा पनि सबैलाई बुझाइयो भने यो पनि ठूलो कुरा हुन्छ । त्यसैले जनचेतनाको पक्ष असाध्यै महत्वपूर्ण छ । जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले कसरी काम गर्न सक्छन् ? डेंगुबिरुद्ध कसैले केही पोस्ट ग¥यो भने त्यो चेतनामुलक सूचना रहेछ भने सबैले शेयर गर्ने गर्नुपर्छ । टेलिफोनको रिङटोनमा यसको बारेमा हामी सूचना दिनेकुरा गर्नेछौँ । टायर नष्ट गर्ने सन्दर्भमा पनि यहाँहरुले विशेष ध्यान दिन जरुरी छ । आफ्नो कार्यालय सफा गर्ने अभियान शुक्रवार गरौँ । मन्त्रालयले तोकिदिएको नै छ, तपाईंहरुले पनि सोही समय तोकिदिनुभयो भने शुक्रवार १० देखि ११ बजेसम्म सबै प्रमुखदेखि सहयोगीसम्म काममा जुट्नुपर्छ । त्यसले चेतना अभिवृद्धि गर्न सकिन्छ । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाऔँ ।’


मन्त्री पौडेलले नसर्ने रोगहरुबाट नेपालीहरु आक्रान्त रहेको बताउनु भयो । उहाँले सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताउनु भयो । डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुने पनि बताउनु भयो । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरु बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरुको भनाइ छ । यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र समुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरुको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने विज्ञहरु बताउँछन् । —

Previous Post

पाकिस्तानी प्रधानमन्त्रीद्वारा ओलम्पिक स्वर्ण पदक विजेता नदीमका लागि विशेष पुरस्कार घोषणा

Next Post

चीनकै ठूलो दुई इन्जिन भएको मानवरहित विमानको परीक्षण सफल

Next Post

चीनकै ठूलो दुई इन्जिन भएको मानवरहित विमानको परीक्षण सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन