• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुस्ः मन्त्री गुरुङ

नीतिप्रेस by नीतिप्रेस
August 16, 2024
in agriculture, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताउनुभएको छ ।


काठमडौंमा शुक्रवार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरुले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताउनु भाये । सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताउनु भयो । उहाँले  जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने बताउनु भयो । उहाँले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको सरकारको भएको बताउनु भयो । मन्त्री गुरुङले भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गरी उनीहरुलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासनको समस्या हो । हामीले गत वर्ष झन्डै झन्डै पछि १५ खर्बमा झारेको १८ खर्ब ५१ अर्ब बजेट थियो । ३ खर्ब विकासका लागि छुट्याएको । जम्मा डेढ खर्ब खर्च भएको । यो मुलुकमा सुशासनको प्रत्याभुति हुन नसकेर हाम्रो सरकार सरकार जति रेस्पोन्सीबल हुनुपर्ने हो त्यो हुन नसकेर साँच्चै नै रुल अफ ल ठिक ढंगले कामय भएन । यो लाजमर्दो कुरा हो । जम्मा बजेटको ३० प्रतिशत पनि विकास बजेट हुँदैन । तर त्यो पनि आधा भनेपनि जम्मा बजेटको १५ प्रतिशत हुन्छ । त्यस्तो देशमा विकास कसरी हुन्छ ? उत्पादन, उत्पादकत्व कसरी बढ्छ । उत्पदान र उत्पादकत्व नबढेपछि गरिबी कसरी घट्छ ? रोजगारी सिर्जना हुँदैन, बैंकमा पैसा जाँदैन । जनताको हातमा पैसा जाँदैन । व्यपार, व्यवसाय हुँदैन । सबै चिज ठप्प हुन्छ । त्यस्तो स्थिति छ । सुशासनको अभावका कारणले अर्थात हामीले ठिक ढंगले काम गर्न नसकेका कारणले भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको हो । गुड गभर्नेन्स कायम गर्नु सरकारको दायित्व हो । भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति छ । यसमा मिडियाको भुमिका ठूलो छ । मिडियाले आफ्नो भुमिका राम्रोसँग पूरा गर्ने हो भने सरकार उत्तरदायी हुन बाध्य हुन्छ, जनता र मुलुकको समस्याप्रति । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुपर्छ । उनीहरुलाई रेस्पोन्सीबल बनाउनु पर्छ ।’


सञ्चारमन्त्री गुरुङले सरकारको विपक्षमा बस्ने काम मिडियाको नभएको बताउनु भयो । नराम्रो काम गरेको ठाउँमा निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताउनु भयो । सञ्चारमाध्यम सरकारको आलोचनासँगै सत्यतथ्यमा आधारित हुनुपर्ने बताउनु भयो । उहाँले सरकारको भजन गाउनु नपर्ने भन्दै भ्रष्टाचारको ढाकछोप नगर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री र मन्त्रीहरुको प्रशंसा गर्न आवश्यक नरहेको तर सही काम गर्नेहरुलाई प्रेरित गर्न आग्रह गर्नुभयो ।

Previous Post

अन्तरमन्त्रालयसँग सम्बन्धित विषयले विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न हुन सकेनन्ः मन्त्री खड्का

Next Post

बैंकिङ कसुर तथा सजाय विधेयकलाई पुनर्लेखन गरी बैंक र ऋणीलाई हेर्ने कानून फरक बनाउनु पर्छः गभर्नर अधिकारी

Next Post

बैंकिङ कसुर तथा सजाय विधेयकलाई पुनर्लेखन गरी बैंक र ऋणीलाई हेर्ने कानून फरक बनाउनु पर्छः गभर्नर अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन