Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

सरकारले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना हुने बताउनुभएको छ ।


संखुवासभामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो जानकारी दिनुभएको हो । उहाँले गत मन्त्रीपरिषद्को बैठकले संखुवासभाको खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले क्रान्तिकारी महिला विदुषीहरुको नामबाट विश्वविद्यालय स्थापना हुँदा संखुवासभा जिल्लावासी सबैले खुशी महशुस गरेको अनुभुति आफूले पाएको बताउनु भयो । उहाँले विद्युत महशुस तिर्न जनताहरुले नपाएर पेनाल्टी तिर्नुपर्ने अवस्थाको छिटै अन्त्य गर्ने बताउनु भयो । अब सबै ठाउँमा समयमा विद्युत महशुल तिर्न पाउनेगरीको व्यवस्था मन्त्रालयले गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘विद्युत महशुस तिर्न जनताहरुले नपाएर त्यसको पेनाल्टी तिर्नुपर्ने अवस्था रहेछ । अब सबै ठाउँमा समयमा विद्युत महशुल तिर्न पाउनेगरीको व्यवस्था मन्त्रालयले गर्नेछ । यसका लागि आवश्यक व्यवस्था गर्नेछ । हाम्रा थुप्रै आवश्यकताहरु छन् । जडिबुटीको धनी जिल्ला हो संखुवासभा । हामी आयुर्वेदिक विश्वविद्यालय नै निर्माण गर्ने चरणमा पुगेका छौँ । गत क्याबिनेटमा संखुवासभा खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना हुनेछ भन्ने निर्णय भएको छ । म आफैँलाई पनि भाग्यमानी ठानेको छु । यस्ता क्रान्तिकारी महिला विदुषीहरुको नामबाट स्थापना हुने विश्वविद्यालय त्यसमा पनि संखुवासभामा निर्माण हुने विश्वविाद्यलयको निर्णय हुँदै गर्दा म आफू क्याबिनेटमा मन्त्रीको रुपमा उपस्थित हुन पाएँ त्यसले पनि भाग्यमानी ठान्छु ।’


मन्त्री खड्काले संखुवासभा पर्यटनको लागि पनि उच्च सम्भावना भएको जिल्ला रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist