Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछः भूमि मन्त्री अधिकारी


भूमि सुधार,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनुभएको छ ।


सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहँले सरकारले  नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने बताउनु भयो । उहाँले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराए उनीहरुलाई कृषि व्यवसयमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताउनु भयो । उहाँले सबै किसानहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्य रहेको बताउनु भयो । उहाँले त्यसको लागि मन्त्रालयले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँने बताउनु भयो । उहाँले नेपालमा रहेका भूमिहिन किसानलाई बासको ग्यारेण्न्ी गर्ने गरी काम गरिरहेको बताउनु भयो । उहाँले काम गर्दा नमिलनेका कुराहरु मिलाएर र कानूनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अनकुलतामा काम गर्ने योजना रहेको बताउनु भयो ।                                                                  
उहाँले भन्नुभयो,‘सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्ने गरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने  र कृषि व्यवसयमा आवद्ध गराएर जीविको पार्जन गर्न सक्ने गरी उद्यमशिलताको विकास गर्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्यका साथ मन्त्रालयले भूमि समस्या समाधान आयोग बनाउँछ । एक महिनाभित्रै सरकारले भूमि समस्या सामाधान आयोग बनाउँछौं । नेपालमा रहेका भूमिहिन किसानलाई बासको ग्यारेण्टी गर्ने गरी काम गरिरहेका छौ । काम गर्दा नमिलनेका कुराहरु मिलाएर र कानूनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अनकुलतामा काम गर्ने योजना रहेको छ ।’


उहाँले दक्षिण एशियामा कृषि क्षेत्रमा फरक–फरक प्रणाली रहेको बताउनु भयो । उहाँले विश्वमा पछिल्लो समय खाद्यको मूख्य चुनौती बन्दै गएको बताउनु भयो । उहाँले खाद्य व्यवस्था स्वस्छ नहुँदा स्वास्थमा समेत समस्या आउँदै गएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist