Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

करिव नौ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

आठ किलो ८ सय ग्राम सुनसहित द्ुई भारतीय नागरिक पक्राउ परेका छन् ।


मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विश्वराज खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । 
विशेष सूचनाका आधारमा शनिवार बिहान पूर्वपश्चिम सडकखण्ड अन्तर्गत पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा बिल बिजक नभएकोे ८ किलो २ सय ४३ ग्राम ९७० मिलिग्राम सुन बरामत गरेको प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ । पक्राउ पर्नेहरुमा  स्कुटर चालक भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल रहेको प्रहरीले जनाएको छ । 
प्रहरीले सुनसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist