Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छः नारायणकाजी श्रेष्ठ

123.00_03_44_05.Still1473.jpg
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ ।


उहाँले मुलुकको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनु भएको हो । शनिवार काठमाडौंमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले विश्व राजनीतिक एशिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताउनु भयो । देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हाम्रो देशको कुराकानी गर्दा हामी हाम्रो देशमा विशेषतः हामी दुई वटा छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । र, उनीहरुसँग मैत्रीपूर्ण, समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं । कुनै एउटासँग घनिष्ट सम्बन्ध, अर्कोसँग अलि दूरीको सम्बन्ध हामी त्यसको पक्षमा छैनौं । मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौं । र त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वभाविक रुपमा समनिकटताको आधारमा हुन्छ दुवै देशसँग समानताको आधारमा हुन्छ । तर हाम्रो देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वधिनता, स्वाभिमान र हितको पक्षमा हामी जहिले पनि बोल्छौं, अडान लिन्छौं । र हामीले आफ्ना राष्ट्रिय हितको पक्षमा उभिदाखेरी अरु कुनैपनि देशले आफ्नो देशको विरुद्धमा गतिविधि ग¥यो भन्न मिल्दैन । त्यो देशले पनि आफ्नो सार्वभौमिता र राष्ट्रिय हितको पक्षमा त बोलिहाल्छ । त्यसकारण हाम्रो कुरा के हो भने हामी हाम्रो छिमेकीहरुसँग राम्रो सम्बन्ध अघि बढाउन चाहन्छौं । हामी अरु मित्र राष्ट्रहरुसँग पनि राम्रो सम्बन्ध अघि बढाउन चाहन्छौं । त्यसैले त्यो समानतामा आधारित जो हाम्रा मैत्रीपूर्ण सम्बन्धको आधार हो । त्यसको आधारमा हामी सबैसँग मित्र सम्बन्ध राखेर अगाडि बढाउन चाहन्छौं । र त्यसो ग¥यो भने मात्रै अहिले जो नेपालको मुख्य कार्यभार आर्थिक समृद्धिको कार्यभार हो । त्यो समृद्धिको कार्यभार पूरा गर्न सकिन्छ । अहिले विश्व विस्तारै सबैले देखिराखेको छ । सम्पूर्ण विश्वको बदलिँदो परिस्थिति एशिया केन्द्रित हुँदै आईराखेको छ । दोस्रो भूराजनीतिले विश्वमा अत्यन्तै ठूलो प्रभाव पार्र्दै लगिराखेको छ । र हाम्रो देश जुन भूराजनीतिक अवस्थितिमा छ । त्यसले पैदा गरेको सम्बेदनशीलता र चुनौतिहरु गम्भिर छन् । हामीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, हामीले पञ्चशीलको मान्यतालाई अवलम्बन गर्ने, संयुक्त राष्ट्र संघको बडा पत्रलाई मूल आधार बनाउने, असंलग्नतालाई स्वीकार गर्ने र आफ्नो देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अगाडि बढने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई अगाडि बढाउनु पर्दछ । यसलाई हामीले कन्द्रविन्दुमा राखेर यसमा विचलित नभई अरुसँग मैत्रीपूर्ण सम्बन्ध हामी राख्न चाहन्छौं ।’


वरिष्ठ उपाध्यक्ष श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीति नेपालले अवम्बन गर्दै आएको र त्यसमा कतिपनि विचलित हुन नहुने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist