Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने


ढुवानी सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड एप सञ्चालनमा आएको छ ।


लोडबोड कम्पनीले एक कार्यक्रमबीच एपको शुभारम्भ गरेको हो । ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप निर्माण गरेको कम्पनीका अध्यक्ष श्रीमन कार्कीले बताउनु भयो । कम्पनीले दुई वर्षको मेहनतबाट निर्माण गरेको र शुक्रवारदेखि एपको सफ्ट लन्च गरेको उहाँले जानकारी दिनुभयो । एपबाट व्यवसायी, मालवाहक सवारीसाधन धनी, चालक, सहचालक तथा सरकारले समेत लाभ लिनसक्ने उहाँको भनाइ छ । ढुवानी व्यवसायीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउनका लागि एप निर्माण गरेको बताउनु भयो ।  एप्लिकेसनबाट ढुवानी व्यवसायसँग आवद्ध व्यक्ति तथा निकायले सबै खालका सूचना प्राप्त गर्नेछन् । एपले मालवाहक सवारी साधनले बहन गरेको लोडको पनि रेकर्ड राख्ने उहाँले बताउनु भयो । त्यस्तै कम्पनीकी कर्मचारी रोशनी श्रेष्ठले कम्पनीले सरकारले स्थापना गरेको १८ वटा तौल पुलमा एपको कनेक्शन जडान गरेको जानकारी दिनुभयो । एपले सवारी साधनको तत्कालको लोकेशन पता लगाउने, सवारी साधनको ब्लु बुक, इन्स्योरेन्स, रुट पर्मिटको अवधि सकिएको पनि नोटिफिकेसन पनि दिने बताउनु भयो । जसका कारण सवारी साधन अतिरिक्त जरिवानाबाट बच्न सक्ने उहाँको भनाइ छ । 


सवारी साधनले कुनै चेक पोइन्ट छलेको छ भने पनि त्यसको नोटिफिकेसन दिनेछ ।  ट्रिप डिटेल र सवारी साधनको तत्कालको अवस्थाको बारेमा जानकारी दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist