• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अध्यक्ष ढकाललाई इण्डोनेसिया सरकारको सम्मान

नीतिप्रेस by नीतिप्रेस
November 6, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत चन्द्रप्रसाद ढकाल इण्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ ।


नेपाल र गणतन्त्र इण्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भुमिकाको कदर गर्दै इण्डोनेसियाले उहाँलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इण्डोनेसियाको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इण्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भुमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ । इण्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इण्डोनेसियाली राजदुत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गर्नुभयो । यो सम्मानले नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवद्र्धन, साँस्कृतिक आदानप्रदान र दुई देशबिचको आर्थिक सम्बन्ध प्रवद्र्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ । समारोहमा बोल्दै राजदुत सुवोलोले ढकालको प्रयासले दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कुटनैतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताउनु भयो । ढकालले सम्मानका लागि इण्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै पुरस्कारले आफूलाई नेपाल र इण्डोनेसियाबीच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताउनु भयो । नेपाल र इण्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरुलाई भिषा फ्रि सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले यि सम्झौताले दुई राष्ट्रबीचको कुटनितिक सम्बन्धलाई सुदृढ गर्ने बताउनु भयो । उहाँले दुई देशबिच हुने सरकारी भ्रमणहरुलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले इण्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै कोरोना महामारी अघि इण्डोनेसिया जाने नेपालीहरुलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुनः सुचारु गर्न इण्डोनेसिया सरकारसँग आग्रह गर्नुभयो ।


यसअघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इण्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत हुनुहुन्छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

आजबाट खुले सरकारी कार्यालय

Next Post

जलवायु वित्तमा पहुँच पु¥याउन संस्थागत क्षमता वृद्धि गर्न जरुरीः राजु पण्डित क्षेत्री

Next Post

जलवायु वित्तमा पहुँच पु¥याउन संस्थागत क्षमता वृद्धि गर्न जरुरीः राजु पण्डित क्षेत्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन