• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बैंकले ऋण उपलब्ध नगराउँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीको ट्र्यापमा परेः श्रममन्त्री भण्डारी

नीतिप्रेस by नीतिप्रेस
November 26, 2024
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीहरुको ट्र्यापमा पर्ने गरेको बताउनुभएको छ ।


मंगलवार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई बैंकहरुले ऋण नदिँदा उनीहरु ‘डेप्थ ट्र्याप’मा पर्ने गरेको बताउनुभएको हो । उहाँले वेदैशिक रोजगारीमा गएका श्रमिकहरु ऋणको भारमा पर्ने र बाकसमा फकिर्नुपर्ने गम्भिर स्थिति सिर्जना भएको भन्दै वर्तमान सरकार यसका लागि काम गरिरहेको बताउनु भयो । उहाँले नेपालको श्रमिक बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने गरेको भएपनि एक लाख श्रमिकलाई मात्र रोजगारी दिनसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारी नै भएको बताउँदै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहुन्जेल त्यसलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्न्ुभयो,‘वैदेशिक रोजगारमा जाने श्रमिकको सामाजिक सामाजिक सुरक्षाको हकको आधारमा सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने सुरुवात गर्यौँ । तर अहिलेको अवस्थामा यो बाध्यात्मक अवस्था हो भन्ने बहसहरु भइरहेको छ । वैदेशिक रोजगारमा जाने श्रमिकले श्रम स्वीकृतिको लागि मात्र कोषमा आवद्धता हुने परिस्थिति सिर्जना भएको छ । परिणामस्वरुप उनीहरुले सामाजिक सुरक्षा कोषले आवश्यक योगदान दिन सकेको छैन भन्ने गुनासो गर्नुभएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरु दुई वटा ट्र्यापमा पर्ने गर्नुभएको छ । एउटा, डेप्थ ट्र्याप । यो भनेको मिटरब्याजको जुन कुराहरु उठिरहेका छन् । उनीहरु मिटरब्याजीहरुको ट्र्यापमा परेका छन् । अर्को, डेथ ट्र्याप । हाम्रा श्रमिकहरु त्यहाँ रोजगार गर्नको लागि गएका हुन उनीहरु लडाईँ लड्न गएका होइनन् । लड्न गएका भए त्यहाँ विरगति प्राप्त गरे भन्ने कुरा हुन्थ्यो । वैदेशिक रोजगारीमा गएका श्रमिकहरु बाकसमा किन फर्किरहेका छन् ? यो एउटा अहं प्रश्न हो । जसको समाधान गर्नुपर्ने आवको आवश्यक्ता हो । अहिलेको सरकार यीनै समस्याहरुको समाधान कसरि गर्न सकिन्छ भनेर काम गरिरहेको छ ।  अहिले नेपालको श्रमिक बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आइरहेका छन् । एक लाख श्रमिकलाई मात्र रोजगारी दिन सक्ने अवस्था छ । वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी नै हो । त्यसको लागि हामीले मेहनत गर्नुपर्दछ । तर, वैदेशीक रोजगारीमा जाने बाध्यता जबसम्म छ त्यसलाई व्यवस्थित, सुरक्षित र मर्यादित गर्नुपर्दछ भन्ने कुरालाई मध्यनजगर गरेर हामीले अगाडि बढ्नुपर्दछ ।’


उहाँले सरकारले मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रमिकहरुलाई  बिना धितो ऋण दिने नीति लिएको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रधानमन्त्री ओलीको घोषणाः अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ

Next Post

बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु

Next Post

बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन