• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौंः ईश्वर पोखरेल

नीतिप्रेस by नीतिप्रेस
December 4, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समिक्षा गर्ने बताउनुभएको छ ।


न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समिक्षा गर्ने बताउनुभएको हो । उहाँले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको बताउनु भयो । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने बताउनु भयो । उहाँले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहेपनि गत निर्वाचनको भन्दा प्रगति भएको दाबी गर्नुभयो । उहाँले अहिले पुराना राजनीतिक दलहरु आउटडेटेड भए भन्ने भाष्य खडा गरिएपनि जनमतबाट पुष्टि हुन नसकेको बताउनु भयो । जनताले अहिले पनि पुराना राजनीतिक दलहरुमा आशा र विश्वास कायमै राखेको उहाँको दाबी छ । उहाँले राष्ट्रिय राजनीतिमा पुराना दलहरुको भुमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौं । अरु पार्टीहरुले लामो समयदेखि जित्दै आएका ठाउँहरुमा पनि जितेका छौं । केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ । तर उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समिक्षा पनि गरौंला कहाँ के कमजोरी भयो ? हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौंला । तर त्यस्तो निराशाजनक कुरा होइन । कीर्तिपुरमा २०७९को निर्वाचनबाट आएको परिणामा पनि थाहा छदैछ । त्यसबेला डल्लै गठबन्धन पनि थिएन र पनि हामीले जित्न सकेका थिएनौं । हामीले उक्त निर्वाचनभन्दा अहिले प्रगति गरेका छौं । तर, पनि परिणाम हाम्रो पक्षमा रहेन । त्यहाँ हाम्रा केही कमजोरी भएका हुनसक्छन् । हामीले पुनरावलोकन पनि गर्नुपर्ने हुन्छ । यता काठमाडौं महानगरको १६ नम्बरको पनि अवस्था त्यही हो । महत्वपूर्ण वडा हो तर त्यहाँ हामीले जित्न सकेनौं । त्यसमा भएका कमी,कमजोरीलाई हामी हेर्छौं र कसरी सम्हालिनुपर्छ त्यसैगरी अगाडि बढ्छौं । अहिले एउटा भाष्य खडा गरिँदैछ पुराना दल आउटडेटेड भए । त्यो जनताको मतबाट पुष्टि भएन । कायम छन् भन्यो ।’
उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरुमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उहाँको भनाइ छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

Next Post

उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा

Next Post

उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन