• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एनपिएलः नरेन साउदको उत्कृष्ट बलिङसँगै सुदूरपश्चिमको दोस्रो जित

नीतिप्रेस by नीतिप्रेस
December 5, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नरेन साउदकोको उत्कृष्ट बलिङमा काठमाडौं गुर्खाजलाई ७३ रनले  हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार दोस्रो जित निकालेको छ । 
जितको लागि १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ५ बलमा पूरा विकेट गुमाउँदै ९४ रनमा समेटियो । मात्र ४९ रन जोड्दा ४ विकेट गुमाइसकेको काठमाडौंले शुरूवात राम्रो गर्न सकेन । माइकल लेभिट ५ रनमा, शंकर राना ३ रनमा र भीम सार्की एवं जेराड इरामस १०÷१० रनमा आउट भए । लगत्तै सुमित महर्जन पनि १४ रन बनाएर पाँचौ विकेटको रूपमा पेबिलियन फर्कंदा काठमाडौं थप दबाबमा आयो । पाँच विकेट गुमाउँदा ७४ रन बनाएको काठमाडौं यसपछि पनि सम्हालिन सकेन । यसपछि मात्र १२ रन जोड्ने क्रममा काठमाडौंले ५ विकेट गुमायो । स्टेफन इस्किनाजी ३७ रन र रसिद खान पनि २ रनमा आउट हुँदा काठमाडौं हार नजिक पुगेको थियो । लगतै प्रतिक श्रेष्ठ ८, हिटर करण केसी १ रनमा र साहब अलाम १ रनमा आउट हुँदा काठमाडौं ९४ रनमा समेटियो । बलिङमा नरेन साउद नायक बने । उनले ३ ओभर ५ बल बलिङ गर्दै मात्र १९ रन खर्चेर ५ विकेट लिए । अविनाश बोहराले २ विकेट हात पारे । 
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । सुदूरले ओपनर सेफ जेबलाई ११ रनमा गुमायो । पहिलो विकेट गुमाउँदा सुदूरपश्चिमले १७ रन बनाएको थियो । यसपछि दोस्रो विकेटको लागि विनोद भण्डारी र ब्राण्डन मकमलेनले ८६ रनको साझेदारी गर्दै इनिङ्स उकासे । यो क्रममा ब्रान्डनले अर्धशतक प्रहार गरे । ३१ बलको सामना गर्दै ३ चौका र ४ छक्कासहित उनले ५० रन पूरा गरे । ५३ रन बनाएर उनी आउट भए । लगतै ३५ रन बनाएका विनोद भण्डारी तेस्रो विकेटको रूपमा पेबिलियन फर्किए । लगत्तै रोहन मुस्तफा ४ रनमा र आरिफ शेख ३ रनमा आउट भए । ५ विकेट गुमाउँदा सुदूरपश्चिमले १३३ रन बनाएको थियो । यसपछि दीपेन्द्र सिंह ऐरीले २५ बल खेल्दै ३ चौका र २ छक्कासहित ४३ रनको पारी खेले । उनी करणको बलमा लेभिटद्वारा क्याच आउट भए । यसपछि सुदूरपश्चिमले बाँकी ८ बलमा मात्र ५ रन बनायो । बलिङमा रसिद खानले २ तथा करण केसी, साहब अलाम र जेराड इरासमसले समान १÷१ विकेट लिए । यो जितसँगै सुदूरपश्चिमले ४ अंक बनाएको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई हराएको थियो । तेस्रो खेल खेलेको काठमाडौंको यो दोस्रो हार हो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

चीनसँग ऋण सम्बन्धी कुनै सम्झौता गरेको छैनः प्रधानमन्त्री

Next Post

एकले अर्काेलाई स्वीकारेर रचनात्मक बनौँः अध्यक्ष बस्नेत

Next Post

एकले अर्काेलाई स्वीकारेर रचनात्मक बनौँः अध्यक्ष बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन