• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मन्त्री भण्डारीले गरे सातवटा उद्योग/ प्रतिष्ठानलाई सम्मान

नीतिप्रेस by नीतिप्रेस
December 6, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट  व्यवस्थापन गर्ने प्रतिष्ठानहरुलाई  सम्मान गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले सातवटा उद्योग÷प्रतिष्ठानहरुलाई सम्मानित गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मर्यादित श्रमको अवधारणा बमोजिम श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ मा यस सम्बन्धी नीतिगत व्यवस्था गरेको समेत जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरराष्ट्रिय श्रम सङ्गठनद्वारा पारित व्यवासयजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी महासन्धि नं. १५५ तथा अन्य क्षेत्रगत कानूनले मार्गदर्शन गरे बमोजिम श्रमिकहरुको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रत्याभूत गर्ने उद्देश्यले राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ जारी गरिएको जनाएको हो ।

यसैगरी व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी ध्वनी र प्रकाश मापदण्डहरु, २०७४, इटा उद्योगमा काम गर्ने श्रमिकहरुका लागि व्यवसायजन्य सुरक्षा एवम् स्वास्थ्य सम्बन्धी निर्देशिका २०७४ जस्ता क्षेत्रगत मापदण्ड र निर्देशिकाहरु समेत कार्यान्वयनमा रहेको जनाएको छ ।

कार्यस्थलमा श्रमिकहरूको शारीरिक, मानसिक र सामाजिक कल्याणको संरक्षण र प्रवर्द्धन गर्दै कार्यस्थलमा हुने दुर्घटनाहरू, स्वास्थ्य जोखिमहरू र कार्यप्रणालीका कारण उत्पन्न हुने समस्याहरूबाट श्रमिकहरूलाई बचाउने उद्देश्यले विभाग तथा मातहत कार्यालयहरुले प्रवर्द्धनात्मक, निरोधात्मक एवम् उपचारात्मक कार्यहरु गर्दै आईरहेको समेत मन्त्रालयले जनाएको छ ।

यसै सन्दर्भमा प्रवर्द्धनात्मक कार्य अन्तर्गत आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने उद्योग÷प्रतिष्ठानहरुलाई विभिन्न सूचकका आधारमा छनौट गरी विभागबाट प्रत्येक वर्ष सम्मान गर्ने कार्यक्रम अनुरुप आर्थिक वर्ष २०८०÷८१ मा उत्कृष्ट एवम् अनुकरणीय कार्य गर्ने प्रत्येक प्रदेशबाट एक÷एक वटाका दरले उद्योग÷प्रतिष्ठानलाई आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले सम्मान गरेका छन् ।

सम्मान प्राप्त गर्ने उद्योग÷प्रतिष्ठानहरू

१. कोशी प्रदेशः सुर्य नेपाल प्रा.लि., विराटनगर

२. मधेश प्रदेशः ब्रिटानिया नेपाल प्रा.लि., बिरगञ्ज म.न.पा. – २१, पर्सा

३. बागमती प्रदेशः युनिलिभर नेपाल प्रा.लि., हेटौडा–३, बसामाडी, मकवानपुर

४. गण्डकी प्रदेशः सुर्य नेपाल प्रा.लि., सुक्लागण्डकी–०७, तनहुँ

५. लुम्बिनी प्रदेशः राज ब्रुअरी प्रा.लि., रामग्राम–११, हकुई, नवलपरासी

६. कर्णाली प्रदेशः सिद्धार्थ शनि रिसोर्ट, बिरेन्द्रनगर, सुर्खेत

७. सुदूरपश्चिम प्रदेशः वेष्टर्न फिड इ. प्रा. लि., धनगढी उप–महानगरपालिका– १३, कैलाली

[adrotate banner= “3”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

लुम्बिनीले पोखरालाई दियो १७१ रनको चुनौती

Next Post

सरकारले छिमेकी राष्ट्रहरुसँग गर्ने सन्धी सम्झौताहरुलाई गिजोलिरहेको छः सांसद खनाल

Next Post

सरकारले छिमेकी राष्ट्रहरुसँग गर्ने सन्धी सम्झौताहरुलाई गिजोलिरहेको छः सांसद खनाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन