• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानबाटै अहिलेको उपलब्धि सम्भव: उपप्रधानमन्त्री सिंह

नीतिप्रेस by नीतिप्रेस
December 10, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानका कारण अहिलेको उपलब्धि प्राप्त भएको बताउनुभएको छ ।


मंगलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले भेला हुन पाउने, बोल्न पाउने अधिकार नेपालीहरुको योगदानकै कारण सम्भव भएको बताउनु भयो । उहाँले मंगलादेवी सिंह नेपाली महिलाहरुको अधिकार प्राप्तिका लागि आन्दोलनको अगुवाई गर्ने व्यक्ति भइको बताउनु भयो । मंगलादेवी सिंहले नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ सालमा जनमत संग्रहमा महिलाहरु एकीकृत गरेर बहुदललाई मत दिन आह्वान गर्न देशभर आन्दोलन र प्रचारप्रसार गर्नुभएको बताउनु भयो । उहाँले ०४२ सालको सत्याग्रह र ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन स्व. सिंहले अविष्मरणीय योगदान गर्नुभएको बताउनु भयो । स्व. मंगलादेवीले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाउनुभएको बताउनु भयो । साथै उहाँले नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाउनुभएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानको कारणले नै आजका दिनमा हामीले यि सबै अधिकारहरु भेला हुन पाउने, बोल्न पाउने अधिकार त्यसै आएको होइन । यो धेरैको बलिदानबाट आएको हो । मंगलादेवी सिंह खास गरेर नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ साल हामीलाई याद छ । जनमत संग्रहको समयमा पनि निलो र पहेँलो, निलो भनेको बहुदलीय व्यवस्थाको लागि र पहेँलो भनेको सुधारिएको पञ्चायत भनेर जनमत संग्रह भएको थियो । त्यो बेला उहाँले ७५ जिल्लामा महिलाहरु संगठित गरेर निलोमा, बहुदलको पक्षमा मत हाल्न गर्नुभएको योगदान बिर्सिनु हुँदैन । ०४२ सालको सत्याग्रहमा उहाँ जेल पर्नुभयो । ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन अविष्मरणीय योगदान गर्नुभएको छ । उहाँले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाउनुभएको थियो । नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाउनुभएको थियो ।’


उपप्रधानमन्त्री सिंहले महिलाहरुको पनि पुरुषसरह अधिकार हुनुपर्ने मागसहित २००४ सालमा मंगलादेवी सिंहले गर्नुभएको योगदानको स्मरण गर्नुभयो । महिलाहरुलाई मताधिकार दिनुपर्ने माग पनि स्व. मंगलादेवी सिंहले नै उठाउनुभएको बताउनु भयो ।

[adrotate banner= “3”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सरकारको कामबाट सन्तुष्ट छैन, समयमै सत्ता हस्तान्तरण हुनुपर्छः नेता निधी

Next Post

जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु (तस्बिरहरु)

Next Post

जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु (तस्बिरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन