टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मद र इथियोपियाका प्रधानमन्त्री अबी अहमदसँग बुधवार भेटवार्ता गर्नुभएको छ । दुई हर्न अफ अफ्रिका राष्ट्रहरूबीच बढ्दो तनावलाई सम्बोधन गर्न नेताहरुबीच भेटवार्ता भएको हो । उच्चस्तरीय वार्तामा विदेशमन्त्री हाकान फिदान र रक्षामन्त्री यासर गुलेर लगायत टर्कीका उच्च अधिकारीहरूले भाग लिएका थिए । इथियोपियाले सोमालियाको स्व–घोषित स्वतन्त्र क्षेत्र सोमालील्याण्डसँग सम्झौतामा हस्ताक्षर गरेपछि उत्पन्न भएको संकटलाई कम गर्न कुटनीतिक प्रयासहरूमा केन्द्रित थियो । सोमालियाले आफ्नो सार्वभौमिकताको उल्लङ्घन भएको सम्झौताको कडा निन्दा गरेको छ । जसले इथियोपियालाई सोमालील्याण्डलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिनको बदलामा लाल सागरमा पहुँच प्रदान गर्दछ । बुधवारको त्रिपक्षीय छलफलले शान्तिपूर्ण समाधान खोज्ने कुटनीतिक प्रयासलाई प्रतिनिधित्व गर्दै दुई देशबीचको तनाव कम गर्न खोज्ने मध्यस्थकर्ताको रूपमा टर्किएले आफूलाई स्थान दिएको छ ।