• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सुरक्षित कारोबार ऐनलाई कार्यान्वयनयोग्य बनाउनुपर्नेमा सांसदहरुको जोड

नीतिप्रेस by नीतिप्रेस
December 17, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन गर्न योग्य बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।


मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा अधिकांश सांसादहरुले कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड दिनुभएको हो । सांसदहरुले सुरक्षित कारोबार ऐनमार्फत अनौपचारिक रुपमा हुने कारोबारलाई औपचारिक बनाउँदै राजश्वको दायरामा ल्याउने र कार्यान्वयनमा जटिलता नआउने गरी बनाउन जरुरी रहेको उल्लेख गरे । उनीहरुले राष्ट्रिय सभाबाट पारित भएर आएको ऐनलाई धेरै लम्ब्याएर राख्न नहुने भन्दै समितिले चाँडै ऐनमा सहमति गरेर जानुको विकल्प नभएको बताए । सांसदहरुले सरकारले सुरक्षित कारोबार ऐन बनाउँदा वर्तमान अवस्थालाई मात्रै नभएर भविष्यलाई सोचेर बनाउनुपर्नेमा जोड दिए । उनीहरुले विगतमा बनेका कानूनहरुले अहिलेको पुस्तालाई नचिन्ने अवस्था रहेको भन्दै अब बन्ने सुरक्षित कारोबार ऐनलाई समय सापेक्ष बनाउन माग गरेका छन् । बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले कानून बनाउँदा स्पेसिफिक बनाउनु जरुरी रहेको बताउनु भयो । उहाँले विधेयकमा समावेश गर्न छुटेका र संशोधन गर्नुपर्ने विषयमा अझ थप सुरक्षित कारोबार सम्बन्धी विज्ञसँग छलफल गर्न आवश्यक रहेको बताउनु भयो । 


पूर्वअर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन र सरलिकृत गर्नेगरी जानुपर्ने बताउनु भयो । उहाँले दैनिक जीवनमा भइरहेका कारोबारलाई कानूनी रुप दिनेगरी ऐन बनाउनुपर्ने बताउनु भयो । उहाँले सुरक्षित कारोबार ऐनलाई पछिल्लो समय टेक्नोलोजी क्षेत्रमा भएको विकासलाई समेत आत्मसाथ गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले राष्ट्रिय सभाबाट पारित भएर आएको ऐन भएपनि अर्थमन्त्री र सचिवले नबुझ्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले सुरक्षित कारोबार ऐनले चल सम्पतीको कारोबारलाई सरलिकृत गर्नेगरी बनाउनुपर्ने बताउनु भयो । उहाँले समितिले ऐनलाई लामो समय राख्न नहुने बताउनु भयो । उहाँले डिजिटल कारोबारको विषयलाई ऐनमा समेट्न जरुरी रहेको बताउनु भयो । 


नेकपा एमालेका सांसद पदम गिरीले सुरक्षित कारोबार ऐनमा चल सम्पती राखेर ऋण प्रवाह गर्ने व्यवस्थाले दायरा बिस्तार गर्ने बताउनु भयो । उहाँले सामान्य वर्गमा हुने आर्थिक कारोबारलाई औपचारिकतामा ल्याउनको लागि ऐनले सहयोग पु¥याउनुपर्ने बताउनु भयो । उहाँले ऐन बनेसँगै अनौपचारिक बनेको अर्थतन्त्र औपचारिकतामा जाने बताउनु भयो । उहाँले चलसम्पती राखेर ऋण प्रवाह गर्ने विषय महत्वपूर्ण भएको बताउनु भयो । उहाँले ऐन बनेपछि कार्यान्वयनमा जटिलता नआउने गरी बनाउन जरुरी रहेको बताउनु भयो ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विद्यमान कानूनहरुमा युवा पुस्तालाई नसमेटेकाले युवाहरु पलायन भइरहेको बताउनु भयो । उहाँले युवा उद्यमीहरुले गरेको कामलाई अहिले भएका कानूनले नचिनेको बताउनु भयो । सांसद श्रेष्ठले नेपालमा पुँजी परिचालनमा वृद्धि भएको बताउनु भयो । उहाँले सुरक्षित कारोबार ऐनले सामाजिक तहबाट पुँजी विकास गर्नेगरी मद्दत गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली समाज परम्परागत सामाजिक व्यवहारले चलेको बताउनु भयो । उहाँले यो ऐनले माइक्रोफाइनान्स र सहकारीलाई समेट्न आवश्यक रहेको बताउनु भयो । 


पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिले सुरक्षित कारोबार ऐनमा लामो छलफल गर्नु नपर्ने बताउनु भयो । उहाँले लामो छलफल गर्दा संसदले बनाउने विधेयकहरु ढिला भइरहेको बताउनु भयो । उहाँले लामो छलफल र बहसले सांसदहरुले वर्तमान कार्यकालमा विधेयकहरु पूरा गर्नसक्ने अवस्था नभएको बताउनु भयो । 


उहाँले ऐेन बनेपछि कार्यान्वयनमा देखिने जटिलताहरु समाधान हुनेगरी बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले ऐनका विषयमा धेरै अलमल नगरी ठोस विषयमा छलफल गरेर टुङ्गोमा पुग्न आवश्यक रहेको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

ललितपुर महानगरको १०६ औं वार्षिकोत्सव (तस्बिरहरु)

Next Post

सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको शुरुवात

Next Post

सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको शुरुवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन