• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-३२ का वडाध्यक्ष र जनप्रतिनिधिमाथि सांघातिक आक्रमण !

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की ।

पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की ।

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा सदस्यहरुले आफूहरुमाथि सांघातिक आक्रमण भएको बताएका छन् ।

वडाध्यक्ष कार्कीसहित वडासदस्यहरु शोभा विक, तीर्थबहादुर सुयँल, र रविराज तिवारीले आज प्रेस विज्ञप्ति जारी गर्दै माघ ३ गते दिउँसो १ बजे वडाध्यक्षकै कार्यकक्षमा आफूहरुमाथि कांग्रेस नेता एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य मदन बस्नेतको समूहले आक्रमण गरेको उल्लेख गरेका छन् ।

साथै उनीहरुले न्यायका लागि इलाका प्रहरी कार्यालय डाँडाकोनाक, जिल्ला प्रहरी कार्यालय कास्कीका जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको विज्ञप्तिमा उल्लेख गरेकना छन् ।
यस विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा पार्टी नेतृत्वबाटै आफूहरुको मुद्दा दर्ता गराउनमा अवरोध सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले दोषी उपर तत्कालै कडा कार्वाही गर्न मागसमेत गरेका छन् । आफूहरुले कानून विपरीतका काम नगरेकै कारण आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी जनप्रतिनिधि नेपालको संविधान २०७२ अनुसार जनताद्वारा निर्वाचित भई जनताको मौलिक हक, विश्वव्यापी घोषणापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक अधिकारीप्रति पूर्ण प्रतिबद्ध छाैँ ।’

‘वडाध्यक्ष, वडा प्रतिनिधि, पोखरा महानगरपालिका सदैव नेपालको संविधान, ऐन कानूनको परिपालना, कार्यान्वयन, वडावासीको शान्ति सुरक्षाप्रति प्रतिबद्धता व्यक्त गर्दछाैँ’, विज्ञप्तिमा भनिएको छ ।

‘स्थानीय शासन संचालन ऐन, २०७४ अनुसार नागरिकको लागि स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा प्रति संवेदनशील भई नेपालको संविधान, ऐन, कानुन नीति, नियम अनुसार कार्य सञ्चालन गर्दै आएको सर्वविधितै छ, कुनै पनि व्यक्तिले व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि सार्वजनिक संस्थामा आई सार्वजनिक व्यक्तिमाथि गरिएको गैरकानूनी हर्कत एवं बलको दुरुपयोग गरी व्यक्तिगत, संस्थागत र सामाजिक मान मर्यादा हनन हुने गरी गरिएको निकृष्ट व्यवहारको खेद प्रकट गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

स्रोतका अनुसार नागरिकताका लागि सिफारिस गर्ने विषयमा विवाद हुँदा घटना भएको हो ।

यस विषयमा आरोपित मदन बस्नेतसँग सम्पर्क गर्न प्रयास गर्दा फोन उठाएनन् ।

यता, कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले प्रहरीमा जाहेरी दर्ता गर्न अवरोध गरेको भन्ने कुरा सत्य नरहेको बताए । उनले भने, ‘पार्टीभित्रको समस्यालाई अभिभावकको हिसावले मिलाउने प्रयास गरेको हुँ, प्रहरीमा जाहेरी दर्ता गर्न अवरोध भएको भन्ने कुरा सत्य होइन ।’

उनले थपे, ‘एक पक्ष (मदन बस्नेत) बाट गल्ती भएकै छ, त्यसलाई उहाँले स्वीकार गरेर माफी माग्नुपर्छ, तर उहाँले मान्नुभएन भने जाहेरी दर्ता गर्न म आफै जान्छु भनेर पीडित पक्षलाई भनेकै छु ।’

यस्ताे छ विज्ञप्ति

Previous Post

घाँस काट्न गएकी चमेलीमायाको भिरबाट लडेर मृत्यु

Next Post

वडाध्यक्षसहित जनप्रतिनिधिमाथि सांघातिक आक्रमण गरेको छैन : नेता बस्नेत [फलोअप]

Next Post
कांग्रेस नेता मदन बस्नेत ।

वडाध्यक्षसहित जनप्रतिनिधिमाथि सांघातिक आक्रमण गरेको छैन : नेता बस्नेत [फलोअप]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन