• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१५ मा खेलकुद महोत्सव : फुटबलमा नयाँगाउँ, भलिबलमा तल्लो नयाँगाउँ च्याम्पियन

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सकिएको छ । महोत्सवअन्तर्गत पुरूष फुटबलतर्फ नयाँगाउँ युवा क्लब र पुरुष भलिबलतर्फ तल्लो नयाँगाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ ।

फुटबल फाइनलमा नयाँ गाउँले प्रतिभा टोल विकास संस्थालाई र पुरुष भलिबलमा तल्लो नयाँगाउँ टोल विकास संस्थाले चन्द्र सूर्य क्लबलाई हराउँदै उपाधि उचालेका हुन् ।

यस्तै, महिला भलिबलतर्फ जनजागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्दै उपाधि जितेको छ । विद्यालय फुटबलमा वेलनन एकेडेमीले एसओएस हर्मन माइनगर गण्डकीलाई हराउँदै च्याम्पियन बन्यो ।

युनी हक्की छात्र र छात्रा दुवैतर्फको उपाधि सेन्ट फ्रान्सिस स्कुलले जित्यो । छात्रतर्फ सेन्ट फ्रान्सिसले शुक्रराज बलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिका माविलाई हराएको हो । छात्रतर्फ एसओएस हर्मन माइनर र छात्रातर्फ ज्ञानकुञ्ज एकेडेमी तृतीय भए ।

महिला ब्याडमिन्टन सिंगलतर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन् । जनजागृतिकी गंगा नापित दोस्रो भईन् भने स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमया पुन तेस्रो भए ।

महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथम भए । मितेरी आमा समूहका चन्द्रा तामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने । संगम टोलका लक्ष्मी लामा र पुष्पा पन्त एवं एकता आमा समूहका सुशीला पुर्जा र लालीकुमारी खान तेस्रो बने ।

पुरूष ब्याडमिन्टन सिंगलतर्फ तल्लो नयाँगाउँका तोरण गुरुङ प्रथम, तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ दोस्रो र कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्र सूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए ।

पुरूष ब्याडमिन्टन डबलतर्फ तल्लो सिमलबोट टोल किावस संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्र सूर्य क्लबका खुम गुरुङ र मनीप्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्णबहादुर गुरुङ र पूर्ण जिसी तथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भए ।

महिला रस्साकस्सीमा जनजागृति आमा समूह प्रथम, संगमटोल आमा समूह दोस्रो बने । महिला सडक दौड तीन किमीमा ४८ जना सहभागी भएकोमा जनजागृतिकी पोमकुमारी बुढा प्रथम, संगमकी रुपा बरुलाल दोस्रो र एकताकी मोहनमाया राना तेस्रो बनिन् ।

पुरुष सडक दौड पाँच किमीतर्फ नयाँगाउँका ठाकुरबहादुर थापा प्रथम, कोलपाटनका ओमबहादुर फोरजना दोस्रो र तल्लो नयाँगाउँका कुलबहादुर गुरुङ तेस्रो भए ।

छात्रा सडक दौड तीन किमीमा भ्यूप्वाइन्टकी सजिना सुनार प्रथम, सेन्ट मेरिजकी एलिशा कुँवर दोस्रो, सिद्ध माविकी श्रेया मगर तेस्रो बनिन्। छात्र पाँच किमी दौडमा एसओसएका टिजन बुढामगर प्रथम, हावर्ड एकेडेमीका मनिष पुन दोस्रो र एसओएसका अमन न्यौपाने तेस्रो भए ।

ह्विलचेयर दौडमा घना घर्तीमगर प्रथम, पुनम बिक दोस्रो र पवित्रा बिक तेस्रो भए । ह्वीलचेयर बास्केटबलमा टीम ए रातो प्रथम र टीम बी निलो दोस्रो भए ।

छात्र साइक्लिङ १० किमीतर्फ रत्नज्योति माविका मन्दिप केसी प्रथम, रत्न ज्योतिकै सरोज सारु मगर दोस्रो र सिद्ध माविका मनोजी बिक तेस्रो भए ।

विजेता, उपविजेता र तेस्रो हुनेले नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्वमेयर कृष्ण थापा, वडाध्यक्ष तोरणबहादुर बानिया, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

Previous Post

गुडिरहेको बसबाट खसेर पोखराका सञ्जीव बोहराको मृत्यु

Next Post

पोखरामा जीपको ठक्करबाट आठ वर्षीया बालिका घाइते

Next Post

पोखरामा जीपको ठक्करबाट आठ वर्षीया बालिका घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन