पर्सा । पर्सामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका वडा नं ५ का ४५ वर्षीय तैयामोदिन मिया अन्सारी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्सारीलाई उपचारका लागि नारायणी अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरगञ्जस्थित तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसले अन्सारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा संलग्न चालक देवा पासवान र सवारीसाधन बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।






